Breaking

१६ बुँदे माग राख्दै सर्लाही चन्द्रनगरका शिक्षकहरु आन्दोलित, चाडवाडको बेला पनि तलब नपाएको गुनासो


काठमाडौँ — सर्लाहीको चन्द्रनगर गाउँपालिका अन्तर्गत पर्ने सामुदायिक विद्यालयमा कार्यरत शिक्षकहरु आन्दोलनमा उत्रिएको छ । विभिन्न १६ बुदेँ माग राखेर गाउँपालिका अन्तर्गतका २२ वटै सामुदायीक विद्यालय आन्दोलनमा होमिएका हुन् । सर्लाहीको चन्द्रनगर गाउँपालिका अन्तर्गत सामुदायिक विद्यालयमा कार्यरत शिक्षकहरु बिभिन्न १६ बुँदे मागहरु राखेर आन्दोलित भएका छन् ।

गाउँपालिका अध्यक्षद्वारा बिगतमा गरिएका समीक्षा बैठकको निष्कर्ष सार्वजनिक गर्नुपर्ने,विद्यालयमा गएको रकमको शिर्षक अनुसारको लिखित रुपमा जानकारी हुनुपर्ने,प्राधानाध्यापकहरुको भ्रमणको निर्णय अनुसारको बिल भर्पाई बुझाएको बाँकी रहेको रकम अविलम्ब भुक्तान हुनुपर्ने उनीहरुको माग छ ।

त्यसैगरी विगतका वर्षहरुमा दिवाखाजाको लागि कतिकति रकम कुनकुन विद्यालयमा गएको हो जानकारी हुनुपर्ने साथै चालु शैक्षिक वर्षको दिवा खाजाको रकम अविलम्ब सम्बन्धित विद्यालयको खातामा पठाउनुपर्ने,पाठ्यपुस्तकको रकम अविलम्ब निकासा गर्नुपर्ने उनीहरुको माग रहेको ।

साथै सरकारले यस पालिका भित्र पर्ने २२ वटै विद्यालयकोलागि भनि पठाएको २६ लाख २६ हजार रुपैयाँ मध्येबाट गाउँपालिकाले ११ लाख १४ हजार रुपैया मात्र विद्यालयहरुमा पठाएकोले बाँकी रहेको रकमको बारेमा जानकारी गराउनुपर्ने , विद्यालयहरुमा शिक्षकको अभाव रहेकोले विद्यार्थीहरुको संख्याको आधारमा विषयगत तथा कक्षागत शिक्षकहरुको व्यवस्था हुनुपर्ने ,संघ,प्रदेश र स्थानीय तहबाट गत आर्थिक वर्ष आएको शिक्षाको बजेट सार्वजनिक गरि कुनकुन रकम विद्यालयको खातामा कतिकति र कहिले गएको हो सोको विवरण सार्वजनिक गरि फ्रिज भएको रकम कारण सहित जानकारी गराउनुपर्ने लगायतका १६ बुँदे मागहरू राखेर शिक्षकहरुआन्दोनमा उत्रिएका हुन्।

नेपाल शिक्षक महासंघका अध्यक्ष एवं बडकुर्वा निमाविका प्रधानाध्यापक सरोज कुमार सिंहले आफुहरुको माग जायज रहेकोले उक्त मागहरु सम्बोधन गराउन भनि दुई पटक बैठक राखिसकेको तर उक्त बैठकमा गाउँपालिका अध्यक्ष राम कुमार महतो उपस्थित हुन नचाहेपछि बाध्य भएर शिक्षा शाखासँग छलफल गरि आन्दोनका कार्यक्रमहरु अघि सारेको बताए ।

बाइट– सरोज कुमार सिंह, अध्यक्ष, नेपाल शिक्षक महासंघ,चन्द्रनगर गाउँपालिका,सर्लाही तय गरिएका आन्दोलनका कार्यक्रम अनुसार पहिलो दिन २२ वटै सामुदायिक विद्यालयका शिक्षक शिक्षिकाहरुले गाउँपालिका कार्यालयको छेउमा रहेको नाढीमनमा विरोधसभाको आयोजना गरि घण्टी जुलुस निकालेको थियो।