Breaking

माओवादी केन्द्रको फौज भरी बाकस लिएर मात्रै फर्किन्छु: घनश्याम भुसाल


काठमाडौँ — नेकपा (एमाले) त्यागेर स्वतन्त्र उम्मेदवारी दिएका घनश्याम भुसालले नेकपा (माओवादी केन्‍द्र)का फौजले आफ्ना लागि खसेको मतले भरिएका बाकस लिएर फर्किने बताएका छन् । शनिबार रूपन्देहीस्थित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले आउँदो मंसिर ४ गते हुने निर्वाचनमा आफ्ना लागि खसेको मतले भरिएका बाकस लिएर मात्रै फर्किने बताएका हुन् ।

‘अब नेकपा माओवादी केन्द्रको यो फौज यहाँबाट छुट्यो । अब यसले मंसिर ४ गते भरी भरी बाकस बोकेरमात्रै फर्किन्छ,’ उनले भने, ‘त्यसपछि मात्रै यसले थकाइ मेट्छ । दुई दिन तीन दिन थकाइ मेट्छ बरू सारा नेकपा माओवादी केन्द्रको फौज अब जाग्यो भनेर कसम खाएर अगाडि बढ्न अनुरोध गर्छु ।’

नेकपा एमालेका अध्यक्ष तथा तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले दुई पटक संसद विघटन गर्दा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पुनर्स्थापना गरेको भुसालले बताए । पछिल्लो कालमा दुई(दुई पटक संसद विघटन भयो । पहिलो संसद विघटनपछि पुनर्स्थापनाको नेता माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड नै हो ।

दोस्रो पुनर्स्थापनाको नेता नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा हो,’ उनले भने, ‘यस अर्थमा पनि यो वाम(लोकतान्त्रिक गठबन्धनको एउटा राजनीतिक औचित्य छ ।’एमालेले आफूलाई टिकट नदिएपछि भुसालले पार्टी त्यागेर रूपन्देही क्षेत्र नम्बर १ मा स्वतन्त्र उम्मेदवारी दिएका छन‍् ।