Breaking

नेकपा एमालेका केन्द्रीय सदस्य बद्रीप्रसाद न्यौपानेद्वारा राजीनामा


काठमाडौँ — नेकपा एमालेका केन्द्रीय सदस्य बद्रीप्रसाद न्यौपानेले राजीनामा दिएका छन् । जनता समाजवादी पार्टी ९जसपा०सँग भएको चुनावी तालमेलप्रति असहमति जनाउँदै न्यौपानेले राजीनामा दिएका हुन् । पार्टी अध्यक्ष केपी शर्मा ओलीले जसपासँग गरेको सहमति जनताको माग विपरीत भएको उनको दाबी छ ।

तत्कालीन चुरेभावर राष्ट्रिय एकता पार्टी नेपालका अध्यक्ष रहेका न्यौपानेले २०७४ सालमा पार्टीलाई एमालेमा विलय गरेका थिए । एमालेले जसपासँग तराई मधेसका १४ जिल्लामा चुनावी तालमेलको सहमति गरेको छ । त्यसप्रति असन्तुष्ट एमाले नेता प्रभु साहले पार्टीको टिकट अस्वीकार गरेर स्वतन्त्र उम्मेदवारी दिएका छन् भने सिट बाँडफाँटमा जसपाको भागमा परेका केही क्षेत्रमा स्वतन्त्र उम्मेदवार पनि उठाएको छ । एमालेले भने साहलाई निष्काशन गरेको छ ।