Breaking

जनताका लागि समर्पित वडाध्यक्ष


काठमाडौँ – त्रियुगा नगरपालिका -६ का वडाध्यक्ष योगेन्द्र वहादुर दाहलले आफुले स्थानीय सरकारको अनुभुति हुने गरी जनताको काम गरेको बताएका छन् ।

पहिलो पटक निर्वाचित भएसँगै एम्बुलेन्स खरिदको निर्णय गरेर वडाबासीको स्वास्थको अपनत्व लिएका दाहालले विकास र जनताको सेवामा रतिभर पनि कन्ज्युस्याँइ नगर्ने प्रतिवद्धता जनाएकाछन् । आफु जनताको सेवाको लागि नै निर्वाचित भएर आएको भन्दै उनले यति बेला वडाले जनताको आधारभुत आवश्यकतालाई मध्यनजर गर्दै उज्यालो वडा अभियान संचालन गरिरहेको जानकारी दिए ।

भौगोलिक हिसावले चुरेवारी र पारी रहेको वडाका अधिकांस गाउँ टोलमा यति बेला सडक बत्ती बलेकाछन् । पुराना कमसल काठका पोल परिर्वन देखि सडक बीचमा परेका पोललाई पनि वडाको पहलमा व्यवस्थित गर्ने कार्य भएको छ । शिक्षा,स्वास्थ, कृषिलाई प्राथमिकतामा राखेर अहोरात्र खटिएको वडाले किसानका लािग प्रत्येक टोल विकासमा दवाई छिट्ने मेसिन वितरण गरेको छ । त्यस्तै जलजले वजारमा सडक विस्तार तथा ग्राभेल नालीको काम गरेको वडाले अधुरा योजनाहरुलाई पनि तदारुकताका साथ अगाडि बढाएको छ ।

वर्षामा सधै बाढीको जोखिममा रहेको मोहनपुर क्षेत्रमा यो वर्ष वडाको पहलमा नगरपालिकाको मेसिन मार्फत बस्ती र खेती योग्य जमिन बचाँउनका लागि ड्याम लगाउने काम भएको छ । आफ्नो नियमित कार्यमार्फत वृद्धा भक्ता र अशक्त, अपाङ्गलाई राहत वितरण गर्दै आएको वडाले ऐलानी जग्गा व्यवस्थापनको लागि टोलि खटाएरै टोल विकास विकास समिती मार्फत फारम भराएर लगत लिने काम गरेको छ ।

एमालेबाट निर्वाचित दाहाल वडाध्यक्ष भएर आएसँगै वडाबासीले स्थानीय सरकारको अनुभुति गर्न पाएकाछन् । यसअघि काँग्रेसले वडाको नेतृत्व गर्दा अलपत्र अवस्थामा रहेका धेरै छिटपुटे अधुरा योजनाहरुलाई समिती गठनगरी धमाधम काम आगाडि बढाएकाछन् । गएको जेष्ठ १८मा सपथ खाएर वडाको कार्यभार सम्हालेका दाहालले यति बेला टिम भित्र पनि जिम्मेवारी बाडफाड गरेर प्रत्येक सदस्यलाई जनतासँग जोडिरहेकाछन् । उनले उज्यालो वडा अभियानको जिम्मा वडा सदस्य सूर्य वहादुर राई (शुशिल) लाई दिएकाछन् ।

त्यस्तै न्यायिक समिती तर्फ वडामा आउने विवाद हेर्ने जिम्मा महिला वडा सदस्य गिता उप्रेतीले पाएकीछिन् । सवैलाई कर्तव्य र जिम्मेवारीबोध हुने गरी वडा चलाएका दाहालको चार महिने फड्कोले पनि उनि सवल वडाध्यक्षको रुपमा दर्ज हुने अनुमान गरिएको छ ।