Breaking

घोषणा पत्र लेख्न एमाले अध्यक्ष ओली लाकुरीभञ्ज्याङमा


काठमाडौँ — पुर्व प्रधानमन्त्री तथा नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओली संसदीय चुनावका लागि पार्टीको घोषणा पत्र लेख्न ललितपुरको लाकुरीभञ्ज्याङ पुगेका छन् । शनिबार उनी एमालेका केही नेताहरूसहित लाकुरीभञ्ज्याङको एउटा रिसोर्टमा पुगेका हुन् ।

ओलीले त्यहाँ घोषणा पत्र तयारीका क्रममा प्राप्त सुझावहरूको अध्ययन, विश्लेषण र मस्यौदा लेखनको काम गरेको उनको सचिवालयले जनाएको छ ।