Breaking

जनताको विकासको चाहना पूरा गर्न आएकी हुँः ओनसरी घर्ती


काठमाडौँ — पूर्वसभामुख ओनसरी घर्तीले जनताको विकासको चाहना सम्बोधन गर्न आफू काठमाडौं-२ बाट उम्मेदवार बनेको बताएकी छन् । सामाजिक सञ्जालमार्फत् मतदानका लागि अपिल गरेको भिडिओ क्लिप सार्वजनिक गर्दै माओवादी केन्द्रको स्थायी समिति सदस्यसमेत रहेकी घर्तीले जनताको विकासको चाहना पूरा गर्न आफूले उम्मेदवारी दिएको बताइन् ।

संघीय लोकतान्त्रिक गणतन्त्रको संस्थागत विकाससँगै देशको समृद्धि आजको प्रमुख आवश्यकता हो । त्यही आवश्यकता पूरा गर्न र काठमाण्डौं-२ का जनताको विकासको चाहना सम्बोधन गर्न वाम लोकतान्त्रिक गठबन्धनका तर्फबाट हामी यहाँहरूका बीचमा आएका छौं,’ घर्तीले भनेकी छन् ।