Sayapatri Media Pvt. Ltd.
Reg. No. : 885/075-76
Publisher: Ang Kaji Sherpa
Editor: Laxmi Raj Bhandari
Office: Chabahil - 7, KL Tower 5th floor
Phone: 01-4587728
CMO (Anjan shrestha): 9843335555
Admin: Info@yohokhabar.com
News: yohokhabar.com@gmail.com

Breaking

सामाजिक सञ्जालको प्रयोग चुनावका लागि चुनौती : प्रमुख निर्वाचन आयुक्त


काठमाडौँ – प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले सामाजिक सञ्जालको प्रयोग चुनावका लागि ठूलो चुनौती भइरहेको बताएका छन् ।

नेपाल टेलिभजनका देशभरिका संवाददाताहरुलाई निर्वाचनका सम्बन्धमा गरिने रिपोर्टिङका बारेमा अभिमुखिकरण गर्न आयोजित कार्यक्रममा उनले सामाजिक सञ्जालमा गलत सूचना र झुटो विवरण पनि आउने भएकाले त्यसतर्फ सचेत रहनु पर्ने बताए ।

दलका मुद्दाका बारेमा नागरिकमाझ बहस चलाउने जिम्मेवारी मिडियाको हो भने उनले भने, ‘यो काम पुर्वाग्रह रहित रुपमा गरिदिनु पर्छ ।’ उनले सबै उम्मेदवारलाई समान अवसर दिन सञ्चार माध्यमहरुलाई आग्रह पनि गरे । उनले राजनीतिक दलहरु र उम्मेदवार माथि प्रेसले प्रश्न गरिरहनु पर्ने बताए । सञ्चार माध्यमले स्वनियमन गर्न थाले धेरै समस्या हल हुने उनको भनाइ छ ।

प्रमुख निर्वाचन आयुक्त थपलियाले आगामी चुनावमा ७० प्रतिशत भन्दा बढी अर्थात १ करोड ३२ लाख मत खस्ने अपेक्षा गरिएको र बदर मत १ प्रतिशतभन्दा कम गराउन प्रयास गर्ने पनि बताए ।

अहिले कुनै पनि दल निर्वाचन अवरोध गर्ने पक्षमा नरहेकाले यो सुखद कुरा रहेको बताए । ‘निर्वाचन लाइ फरक रुपमा बुझ्नु पर्छ । यो हार र जितको मात्रै कुरा होइन यो त लोकतान्त्रिक प्रणाली बलियो बनाउने अवसर हो,’ उनले भने, ‘मंसिर ४ ले नागरिक अधिकार बलियो बनाउनेछ ।’ निर्वाचनमा पैसा पराजित भएर विचार विजयी हुनु पर्ने उनले बताए ।