Breaking

नेताहरू प्रामाणिक विदेशी दलाल भए, मैले आजबाट माओवादी छाडे : रामकुमार शर्मा (भिडियोसहित)

अब ठूलो आँधीबेहरी आउँछ


काठमाडौँ — नेकपा माओवादी केन्द्रका नेता रामकुमार शर्माले उम्मेदवार बन्न नपाएकोमा अध्यक्ष पुष्पकमल दाहाल ’प्रचण्ड’ र लोसपा अध्यक्ष महन्थ ठाकुरमाथि आक्रोश पोखेका छन् ।

शर्माले महोत्तरी क्षेत्र ३ मा उम्मेदवार बन्न खोजेका थिए । तर लोसपा गठबन्धनमा पुगेपछि उक्त क्षेत्रबाट अध्यक्ष ठाकुर उम्मेदवार बने । यो विषयमा योहो टेलिभिजनको योहो बहसमा कार्यक्रम टिप्पणी गर्दै नेता शर्माले ठाकुरलाई महापापी र राजनीतिक हत्यारा सम्म भनेका छन् ।

उनले आफूलाई लगातार अन्याय, अपमान गर्ने, लोकतान्त्रिक अधिकार खोस्ने, नागरिकमा जाने अधिकारबाट बंचित गर्ने महन्थ ठाकुरा आफ्नो राजनीतिक हत्यारा भएको भन्दै महापापीको आरोप लगाएका छन् । उनले ठाकुर र उनका टिमलाई क्षेत्र नं ३ का आम नागरिकले दण्डित गर्ने विश्वास व्यक्त गरेका छन् ।

अध्यक्ष प्रचण्ड एउटा प्रमाणिक विदेशी दलालको प्रभावमा परेर राजनीतिक हत्या गर्नमा सहमत भएकोमा नेता शर्माले आश्चर्य व्यक्त गरे ।