Breaking

विराटनगरस्थित गेष्ट हाउसमा युवकको शव फेला


काठमाडौँ — सिरहाको गोलबजारबाट केही दिन अगाडि हराएका एक युवकको शव विराटनगरको एक गेष्ट हाउसमा फेला परेको छ ।

विराटनगरको बसपार्कमा रहेको न्यू अप्सरा गेस्टहाउसमा युवकको शव भेटिएको जिल्ला प्रहरी कार्यालय मोरङका प्रमुख प्रहरी निरीक्षक शाान्तिराज कोइरालाले जानकारी दिए । सिरहाको गोलबजार नगरपालिका–३ का १८ वर्षीय युवक अंशु सदायको शव गेष्टहाउसभित्रको कोठामा रहेको बक्स पलङभित्र फेला परेको हो ।

सदाय असोज २६ गते गेष्टहाउसमा प्रवेश गरेको देखिएको प्रहरीले जनाएको छ । प्रहरी निरीक्षक कोइरालाले सिरहाबाट अपहरण गरी यहाँ ल्याएर हत्या गरिएका हुनसक्ने आशंका गरे । प्रहरीले सदायको हत्या घटनामा संलग्न भएको आशंकामा तीन जनालाई नियन्त्रणमा लिएको छ ।