समाचार

जयपृथ्वी राजमार्ग पहिरोले अवरुद्ध


काठमाडौँ – सुख्खा पहिरोले जयपृथ्वी राजमार्ग शनिबार बिहानैखेखि अवरुद्ध बनेको छ ।

जयपृथ्वी राजमार्गअन्तर्गत छबिसपाथिभेरा गाउँपालिका– १ बालुवाटार नजिकै सडकमाथिबाट सुख्खा पहिरो खस्दा यातायात सेवा अवरुद्ध भएको बझाङका प्रहरी नायब उपरीक्षक जागेश्वर भण्डारीले जानकारी दिए । पहिरोका कारण बझाङ सदरमुकाम चैनपुरसँगको सम्पर्कविच्छेद भएको छ ।

बिहानैदेखि सदरमुकाम चैनपुरबाट छुटेका बस, मालबाहक ट्रक र जीप रोकिएको प्रहरीले जनाएको छ । अवरुद्ध सडक खुलाउन पहल भइरहेको प्रहरी नायब उपरीक्षक भण्डारीले बताए ।

सडक डिभिजन कार्यालय बैतडीको डोजर परिचालन गरी सडक खुलाउन प्रयास भइरहेको उनको भनाइ छ ।