Breaking

उदयपुरका कांग्रेस र एमालेका उम्मेद्वारसँग जनता रुष्ट, विकल्प के ?


काठमाडौँ — आम निर्वाचनका लागि उम्मेद्वारहरुको सुनिश्चित भएसँगै देशभर चुनावी माहोल बढेको छ । उदयपुर पनि यसबाट अछुतो छैन । जहाँ मुख्यगरी नेकपा एमाले र सत्ता गठबन्धनबीच नै प्रतिष्पर्धा हुने देखिन्छ । आसन्न मंसिर ४ को निर्वाचनमा सत्ता घटक कांग्रेस माओवादी र विपक्षी एमाले भित्रको अन्तर कलह टिकटबाडफाँडसम्म आईपुग्दा छताछुल्लै भयो ।एमालेले पार्टीका प्रभावशाली नेता भिम रावललाई टिकट नदिदा त्यही नियती भोगेका घनश्याम भुसालले पार्टी नै छाडे ।

कांग्रेस भित्रको रडाको पनि सानोतिनो छैन। यसअघि देउवा सरकारमा रक्षामन्त्री भएका मिनेन्द्र रिजालले यस पटक टिकटबाट हात धुनु पर्यो । माओवादीले पनि पार्टीका प्रभावशाली नेता हरीबोल गजुरेल र बौदिक नेता राम कार्कीपत्याएन । एमाले कांग्रेस र माओवादी भित्रको यो बाछिटा जिल्ला तह सम्म पुगेको छ । कतिले पार्टी छोडे भने, केहीले अदलवदल गरेकाछन् ।तर असन्तुलित टिकट वितरण र पार्टी भित्रको कलहले आगामी निर्वाचनमा क्षति हुन सक्ने अनुमान गरिएको छ ।


अन्तत लामो रस्साकसी पछि उदयपुरमा एमाले कांग्रेस र माओवादीले छिटपुट बाहेक पुरानै अनुहार दोहोर्याएकाछन् ।क्षेत्र नं १ मा कांग्रेसले प्रतिनिधि सभामा डाक्टर नारायण खड्का लाई अघि सारेको छ भने एमालेले जिल्ला इन्चार्ज तथा पोलिटव्युरो सदस्य मन्जु चौधरीलाई टिकट दिएको छ । खड्का र चौधरी यस अघि पनि २०७४ को चुनावमा आमने सामने भएका थिए। कांग्रेस नेता खड्कासँगको यसअघिको हारको बदला लिने दाउमा चौधरी चुनावमा होमिदा तीन पटक जितेर ह्याट्रिक गरेका खड्का चौथो पटकका लागि आफ्नो विरासत जोगाउने दाउँमाछन् ।

खड्का अहिले संघिय सरकारका परराष्ट्र मन्त्री हुन भने, चौधरी पूर्व शहरी विकास राज्यमन्त्री हुन् । तत्कालिन समयमाउदयपुरमा तीन वटा निर्वाचन क्षेत्रहुँदा२०६४ सालदेखि निरन्तर चुनाव जित्दै आएका खड्काका लािग यस पटक भने चौधरी भारी पर्ने छाट देखिएको छ । पटक पटक सांसद र मन्त्रीहुदा विकासलाई भन्दा आसेपासेलाइृ पोसेका मन्त्री खड्कासँग आफ्नै कार्यकर्ता रुष्ट छन् ।सधै चुनावताका समयमा पटकै पिछे विमास्थल निर्माणको कुरा उठाउने मन्त्री खड्काले यस पटक पनि यो मुद्धा उठाएकाछन् ।

दुई पटक मन्त्री भएका खड्काले जनभावना अनुरुप काम गरेनन् भन्दै गर्दै उनकी प्रतिद्धन्दी मन्जु चौधरीले चै धेरै गरिन भन्ने पटकै हैन । अझ रोचक कुरा तत्कालिन समयमा नारायण खड्का शहरी विकास मन्त्री हुँदा मन्जु चौधरी त्यही क्याविनेटमा राज्यमन्त्री थिइन । तर जिल्लाले मन्त्री र राज्यमन्त्री पाउँदा पनि विकासको मुल फुट्न सकेन, फेरि यीनै अनुहार अहिले चुनाबी प्रतिस्पर्धामा छन् । सदरमुकाम गाईघाटको सभाहल निर्माणको जस लिने चौधरीले पनि जनभावनाको कदर गर्न नसकेको धेरैको गुनासो छ । उनि यो पटक जनताको मन जितेर विगतको कजोरीलाई सच्याउन चाहन्छीन् ।

चुनाव जिते भेट नदिने, हारे घरबाट ननिस्कने नेताहरुको रबैयालो पनि जनता आजितछन् ।तसर्थ पाँच वर्षमा हात जोडी नमस्ते गर्ने नेता गणले अरुबेला नमस्कार गर्दा फर्काउनुपर्छ, हैन भने जनताले त्यसको पनि लेखाजोखा मतदान मार्फत गर्नेछन् ।विकास सँगै जनताको आवाज मुखारित गर्न यस पटक उदयपुरे जनताले कसलाई म्यानडेड दिन्छन् त्यो भने मंसिर ४ पछिनै थाहा होला तर यस पटकको भिडन्त रोचक हुनेमा दुईमत छैन् ।

त्यस्तै उदयपुर क्षेत्र नं २ मा प्रतक्ष्य तर्फ एमालेले अम्मर रायमाझीलाई उठाएको छ । उनीसँग यसअघि एमालेमा हुँदाका सहपाठी गठवन्धनका उम्मेदवार जगनाथ खतिवडाको चुनाबी भिडन्त हुने पक्का भएको छ । खतिवडा नेकपा एकृकित समाजवादीका नेताहुन् ।प्रदेश तर्फ क्षेत्र नं १(क) मा एमालेले कुशलबाबु बस्नेतलाई अघि सारेको छ । उनको गठबन्धका उम्मेदवार राजन किरातीसँग चुनाबी भिडन्त हुने छ ।

त्यस्तै १ को (ख) मा एमालेका ईश्वरणमणी राउतको कांग्रेस नेता हिमाल कार्कीसँग भिडन्त हुने भएको छ । कार्की हाल प्रदेश नं १ का भौतिकपूर्वाधार तथा शहरी विकासमन्त्री हुन् ।त्यस्तै क्षेत्र नं २ (क) मा गठबनधका नारायण बुर्जा मगरसँग एमालेका देबराज राईको प्रतिस्पर्धा हुने भएको छ । (ख) मा भने एमालेले युवा नेता जीवनाथ दाहाललाई अघि सारेको छ । उनको कांग्रेसका राम कुमार खत्रीसँग प्रतिस्पर्धा हुँदैछ ।