Breaking

गाली गरेरै चुनाव जित्ने दाउमा दलहरु, खिचडी गठबन्धनले अस्थिरताको खतरा


काठमाडौँ — गठबन्धनबनाएर चुनावी भिडन्त लागेका दलहरु यतिवेलाप्रचारप्रसारमा छन ।सिद्धान्त रविचार नमिले पनिसत्ताप्राप्तीलाई पहिलो प्राथमिकतामा राखेका उनीहरु यतिवेला केवल अंकगणितिय दृष्टीमा वलियो बन्ने खेलमा छन । तर प्रमुखप्रतिपक्षीदल नेकपाएमाले भने सानादलहरुको सहकार्यमार्फत नै गठबन्धनलाई हार चखाउने योजनामा छ । सत्तायात्रा र अंकगणितीय सफलतालाई मुख्यउदेश्य बनाएर चुनावी मैदानमाहोमिएकादलहरु चुनावप्रचारप्रसारमा युद्धस्तरमालागि परेका छन ।

कांग्रेस नेतृत्वको सत्ता गठन्धन र एमाले नेतृत्वको विपक्षी गठबन्धनविच प्रतिस्पर्धा हुने देखिएपनिनिर्वाचनमाराष्ट्रिय एजेण्डाभने ओझेलमा परेका छन् । निर्वाचनमार्फत प्राप्तमतकाआधारमासंघ र सातवटै प्रदेशमानयाँ सरकार बन्ने छन । भावी सरकारको जोडघटाउका लागिदलहरू अस्वभाविक गठबन्धन कसिलो बनाउनेतिर केन्द्रित छन । वामलोकतान्त्रिक गठबन्धन भनिएको सत्तागठबन्धनलाई लोभीपापी गठबन्धन भन्ने एमाले समेत अहिले आफै गठबन्धनमार्फत निर्वाचनमाहोमिएको छ ।

एमाले अध्यक्ष केपीशर्माओलीले विचार नै नमिल्ने राप्रपासंग तालमेल गर्नु,परिवार दलकाअध्यक्षलाई नै समानुपातिकमा राख्नेजस्ताअलोकतान्त्रिककाममाअघि बढेका छन । पार्टीभित्रै तीव्र असन्तुष्टि हुने गरी अध्यक्षको तजविजमाटिकट वितरण, ठेकेदार, व्यवसायी र विभिन्न मुद्दाका आरोपीसम्मकाहातमा टिकट सुम्पिने तथा टिकटमा नवप्रवेशीलाई प्राथमिकतालगायतकारणनितिले दलहरु बहुमतप्राप्ती नै मुख्यउदेश्यबनाएको देखिन्छ ।

यतिमात्रनभएर विपक्षीधारका असन्तुष्टलाई सहयोग गर्ने तथाआफूतीर तान्ने पक्षमापनिअवनरत रुपमालागि परेका छन । अर्कातर्फ उनीहरुले साझाकार्यक्रमतथाअहिलेसम्म घोषणापत्र नल्याउनुले पनिउनीहरु राष्ट्रिय एजेण्डाका साथमाभन्दाअरुलाई गलत देखाएरकै चुनावजित्ने रणनितिमा दलहरु रहेको प्रष्ट हुन्छ ।

पछिल्लो अवस्था हेर्दा वैकल्पिक र स्वतन्त्रभनिएकाहरु पनि एकजुट छैनन् भने मुद्दामा नभईअंककै लेनदेनमा रातारातदलहरूका समीकरण बदलिएका छन । अघिल्लोपटक वाम गठबन्धन बनाएकाएमाले र माओवादीविचारविहीन गठबन्धन र मोर्चाबन्दीमाचुनाव लड्दै छन भने अर्को गठबन्धन भन्दा यो फरक किनभन्ने उत्तर समेत उनीहरुसंग छैन ।एकातर्फ कांग्रेसको बुई चढेर निर्णायकशक्तीहुने सपनावोकेको माओवादी,अनि कम्यपनिष्टलाई प्रयोग गरेर आगामीयात्रा सुनिश्चितगर्ने दाउमा रहेकाकांग्रेस एक ठाँउमा छन ।

जहाँप्रधानमन्त्रीतथा सभापती देउवालाई स्थानीयतहकै जस्तो सफलता संघिय चुनावमाहातपार्नुपर्ने वाध्यता छ । जसलेविगतमालागेको अक्षम ट्याग हटाउने र आगामीप्रधानमन्त्रीको यात्रा सहजहुने उनको बुझाई छ । जुनबुझाईको गुलाम सिंगो कांग्रेस बनेको छ । एकीकृत समाजवादीलाई फुट प्रमाणित गर्नु छ भनेएमालेलाई हार चखाउनुपर्नेछ ।दुई सिट बचाउनपाएजनमोर्चालाई आनन्दै हुनेछ भने लोसपालाई जसपाविरुद्ध भिडेर मधेशको मसिहाबन्नु छ । केवलयहिदलगत स्वार्थ पूर्तीमाचुनावी मैदानमाहोमिएकाउनीहरुशिर्ष नेताहरुको भने जित सुनिश्चितगर्ने अवस्थाकै वातावरण बनाएर अघि बढेका छन ।

सिद्धान्तगत धुव्रीकरण भन्दाखिचडी अवस्थामादलहरु चुनावमाहोमिएपनि यो प्रतिस्पर्धामामुख्यप्रतिस्पर्धा गठबन्धन र एमालेबीच नै हुने देखिन्छ । अन्यदलहरु उनीहरुकै आड शक्तीआर्जन गर्न कत्तिको सफल हुन्छन् यसै भन्न सकिने अवस्था छैन । अर्कातर्फ परम्परागतशक्तीको विरोध गर्ने तर साझाधारणा बनाउननसक्ने नयाँ पार्टीका र स्वतन्त्रउम्मेद्वारले पनियीदुई शक्तीलाई टक्कर नै दिईहाल्ने सम्भावनान्युन छ ।