Breaking

ओलीको घेराबन्दीमा परेपछि प्रचण्ड भागे, पहिलो बन्ने रेसमा ओली–प्रचण्ड, मंसिर ४ पछि को आउँला शक्तिमा ?


काठमाडौँ — स्थानीय तहको निर्वाचनमा अनेक आँकलनपछि नेपाली काँग्रेस पहिलो पार्टी बन्यो । काँग्रेस पहिलो बन्नुमा पाँच दलीय गठबन्धनको दरिलो साथ थियो । आगामी मंसिर ४ को निर्वाचनमा पनि गठबन्धन कायमै छ । पहिलो बन्ने सपना पालेको एमालेका लागि उत्तिकै चुनौती छ । तथापी कम्युनिष्टमध्ये पहिलो बन्ने दौडमा नेकपा माओवादी र एमाले प्रतिस्पर्धा गरिरहेका छन् ।नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई हराउने गृहकार्य चलेकै बेला उनी गोरखा गए ।

एमालेको केन्द्रीय नेतृत्व नै चितवनमा प्रचण्डलाई हराउने गरि काँग्रेसको बागी टीमलाई सघाउने पुरापुर तयारीमा थियो ।तर प्रचण्डको चलाखी चितवनमा चुनौती बढेपछि ‘सेवर सट’ खोजिरहेका उनले गोरखा दुईमा गएर आफुलाई सुरक्षित बनाएका छन् ।चालबाजीको पटाक्षेप त त्यतिबेला भयो जतिबेला आफ्ना उम्मेदवारलाई फिर्ता बोलाएर चितवन ३ मा एमालेले काँग्रेसका बागी दिनेशकोइरालालाई समर्थन गरेको छ ।यता प्रचण्डलाई गोरखामा ‘इन्द्रेको बाउ चन्द्रे’ आए पनि हराउने ठाउँ छैन ।

र उनले पहिलो हुने सपना पालेका छन् । पहिलो यसअर्थमा कि, अबको निर्वाचनमार्फत काँग्रेस पहिलो हुनेमा दुईमत कसैको छैन, तर प्रचण्ड काँग्रेसलाई पहिलो स्वीकार गर्दै आफु कम्युनिष्टमध्येको पहिलो बन्ने प्रयत्नमा छन् ।यद्यपी प्रचण्डका लागि एमाले बाधक बन्ने छ, यसैपनि आफुलाई देशको पहिलो शक्ति आँकिरहेको एमाले दोस्रो हुनै चाँहदैन, तर पाँच दलीय सत्ता गठबन्धनको प्रभाव र नेपाली काँग्रेसले स्थानीय तहको निर्वाचनबाट आर्जन गरेको शक्तिकै कारण एमालेको अंकगणितमाबद्लाव आएको छ । अहिले काँग्रेसलाई तह लगाएर आफु पहिलो हुनसक्ने सम्भावना कम भएको स्वीकार्दै एमाले पनि कम्युनिष्ट मध्येको पहिलो हुने तयारीमा छ ।

स्थानीय तहको निर्वाचनमा पाँच दलीय गठबन्धनबीच चुनावी तालमेल हुँदा पनि एमालेटक्करमा पुग्यो । काँग्रेसले ३२९ पालिका प्रमुख हत्याउदा एमालेको पोल्टामा २०६ पालिका सुरक्षित बनेका छन् । वडाध्यक्षको मतलाई निर्णायक मानेर हेर्दा काँग्रेस र एमालेबीच टक्कर पूर्ण टकराव छ । ३९ लाख ५६ हजार काँग्रेस र ३८ लाख ११ हजार मत एमालेको छ । नेकपा माओवादी केन्द्रको मात्र १५ लाख मत छ । यसर्थ एमाले र माओवादीबीचको प्रतिस्पर्धामा ‘गोरु बेचेको साइनो’ छैन । तथापी इमान्दार गठबन्धन बनेको र काँग्रेसीले माओवादीमाथि भोट खन्याएको अवस्थामा एमालेको सपनामा पानी छ्यापिन सक्छ ।

नेपाली काँग्रेससँगको सहयात्रालाई अवसरका रुपमा प्रयोग गर्दै शेखर समूहलाई पनि रिझाउन सके प्रचण्ड धेरै ठाउँमा सफल बन्न सक्छन् । किनकि आफ्नो बढाउने भन्दा पनि एमालेको सिट घटाउने प्रचण्डको तयारी छ । यसका लागि प्रधानमन्त्री समेत रहेका काँग्रेस सभापति देउवाले समेत प्रचण्डलाई साथ दिइरहेका छन् । जस्तो कि, एमाले छोडेर स्वतन्त्र उम्मेदवारी दिएका घनश्याम भुसाललाई माओवादी केन्द्रले आफुले पाएको भाग समेत छोडिदिएको छ ।

अहिले उनी माओवादीको काँध र गठबन्धनको साथमा चुनाव लड्दैछन् । एमालेबाटै विद्रोह गरेर मधेशका २५ स्थानमा स्वतन्त्र उम्मेदवारी हालेको प्रभु साह समूहलाई पनि प्रचण्डले रिझाइरहेका छन् । प्रभु साहको क्षेत्रमा माओवादीले उम्मेदवारी झिकेर उनलाई समर्थन गर्ने भएको छ । यसलाई आफु जित्नेभन्दा पनि एमालेबाट विद्रोह गरेकालाई साथमा लिँदै एमालेकै सिट घटाउन चाल चलेको स्पष्ट बुझ्न सकिन्छ । किनकि निर्वाचन लगत्तै ओलीबाहेकका कम्युनिष्टबीचको वाम एकता गर्ने र त्यसको नेता आफै बन्ने प्रचण्डको अर्काे तयारी छ ।

अहिलेको निर्वाचन कम्युनिष्ट विरुद्ध कम्युनिष्ट बनेको छ । माओवादीसहित नेकपा एकीकृत समाजवादी र जनमोर्चाहरु एकातिर उभिएका बेला एमाले अर्काे कित्तामा छ ।एमालेबाटै छुट्टीएको समाजवादी स्थापित हुनका लागि एमाले कमजोर बन्नु पर्छ । निर्वाचनकै मुखमा एमालेभित्रको विद्रोहबाट उनीहरु थप हौसिएका छन् ।

यता निर्वाचनकै मुखमा जसपा एमालेतिर ढल्किएपनि विचार नमिल्ने राप्रपासँग पनि एमालेको तालमेल चलिरहेको छ । साना दललाई सारथीकै रुपमा प्रयोग गरेपनि मुल युद्ध एमाले–माओवादीबीचकै भएकाले मंसिर ४ पछि नै कम्युनिष्ट शक्तिको मापन हुने देखिन्छ ।