Breaking

एकीकृत समाजवादी बाजुराका अध्यक्ष गगन रावल फर्किए एमालेमा


काठमाडौँ — नेकपा एकीकृत समाजवादीका बाजुरा जिल्ला अध्यक्ष गगन रावल नेकपा (एमाले) मा प्रवेश गरेका छन् । बाजुरामा शुक्रबार आयोजित कार्यक्रममा रावलसहित जिल्लाका केही नेता-कार्यकर्ता एकीकृत समाजवादी छोडेर एमाले प्रवेश गरेका हुन् ।

नवप्रवेशीलाई एमाले स्थायी कमिटी सदस्य कर्णबहादुर थापा, पोलिटब्युरो सदस्य लालबहादुर थापा लगायतले पार्टी प्रवेश गराएका हुन् ।