Breaking

प्रधानमन्त्री निवास बालुवाटारमा सत्ता गठबन्धनको बैठक बस्दा भएको खर्च कांग्रेसले ब्यहोर्ने


काठमाडौँ — प्रधानमन्त्री निवास बालुवाटारमा सत्तागठबन्धनको बैठक बस्दा भएको खर्च नेपाली कांग्रेसले ब्यहोर्ने भएको छ । सरकारी निवासमा बैठक बस्दा राज्यको ढुकुटी प्रयोग भएको भन्दै आलोचना हुँदै आएको थियो । पछिल्लो समय तालमेलका लागि निरन्तर बैठक बालुवाटारमा बस्दै आएको थियो ।

कार्यसम्पादन समितिको बैठकमा महामन्त्री गगन थापाले कांग्रेसले खर्च बेहोर्नुपर्ने प्रस्ताव राखेका थिए । सरकारी निवासमा गठबन्धनको बैठक बस्दा राज्यको खर्च भएको । बाहिर आलोचना भएको छ’, थापाले राखेको प्रस्ताव बारे सहभागी एक नेताले भने, ‘उहाँले प्रस्ताव राखेपछि प्रधानमन्त्रीले सहमति जनाउनुभएको छ ।’

ती बैठकहरुका भएको खर्चको बिल केन्द्रीय कार्यालयमा पेश गरी रकम चुक्ता गरिने भएको छ । कांग्रेस, माओवादी केन्द्र, जनता समाजवादी, एकीकृत समाजवादी, जनमोर्चाका नेता सम्मिलित कार्यदलको बैठक विगत दुई महिनादेखि बालुवाटार बस्दै आएको थियो ।