Breaking

गोरखाबाट नयाँ आन्दोलनका निम्ति उर्जा बोकेर फर्किन्छु: प्रचण्ड


काठमाडौँ — पुर्व प्रधानमन्त्री तथा नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ गोरखामा भएको चुनावी कार्यक्रममा सम्बोधन गर्ने क्रममा भक्कानिएका छन् । शुक्रबार गोरखामा आयोजित निर्वाचन केन्द्रित प्रशिक्षण कार्यक्रममा गोरखा(२ बाट आफूले उम्मेदवारी दिनुको कारणबारे प्रस्ट्याउने क्रममा उनी भावुक बनेर भक्कानिएका हुन् ।

कम्युनिष्ट आन्दोलनमा विचलन आउँदै गर्दा चीनमा माओ त्सेतुङ चिनकासाङ फर्किएको भन्दै उनले माओवादी आन्दोलनमा विचलन आएपछि आफू पनि सुधारको उर्जा बोक्न गोरखा आएको बताए । माओ त्सेतुङ आन्दोलनका निम्ति उर्जा बटुल्न चिनकासाङ फर्किनुभएको थियो ।

म पार्टीको पहिलो हेडक्वाटर रहेको गोरखा फर्किएँ,’ उनले भने । त्यो क्रममा उनी केहीबेर भक्कानिएका थिए । गोरखाबाट नयाँ आन्दोलनका निम्ति उर्जा बोकेर फर्किने प्रचण्डको भनाइ छ ।