Breaking

नेकपा अध्यक्ष ओलीले चलाउन थाले इन्स्टाग्राम


काठमाडौँ —पुर्व प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली सामाजिक सञ्जाल इन्स्टाग्राममा पनि जोडिएका छन् । पूर्वप्रधानमन्त्री समेत रहेका ओलीले आफ्नो फेसबुक पेजमार्फत आफूले इन्स्टाग्राममा पनि प्रोफाइल बनाएको उल्लेख गरेका छन् ।

उनले इन्स्टाग्राम चलाउनेहरूलाई आफूलाई फलो गर्न पनि आग्रह गरेका छन् । ओली फेसबुक र ट्वीटरमा सक्रिय छन् । उनको फेसबुक पेजमा ३ लाख ५९ हजार र ट्वीटरमा ८ लाख ६ हजार भन्दाबढी फलोअर्स छन् ।