Breaking

नेकपा एमालेले प्रभु साहलाई पार्टीबाट निकाल्यो


काठमाडौँ — नेकपा एमाले रौतहटका प्रभावशाली नेता प्रभु साहले स्वतन्त्र उम्मेदवारी दिएपछि जिल्ला कमिटी विघटन गरिएको छ । साहले रौतहट क्षेत्र नम्बर ३ मा स्वतन्त्र उम्मेदवारी दिएका छन् ।

उनीनिकट केही एमाले नेताले समेत मधेसका केही क्षेत्रमा प्रतिनिधिसभा र प्रदेशसभामा स्वतन्त्र उम्मेदवारी दिएका छन् । एमालेबाट विद्रोहु गरेका साहलाई सत्ता गठबन्धनले समर्थन गर्नेसमेत निर्णय गरिसकेको छ ।सत्ता गठबन्धनमा सिट बाँडफाँट हुँदा रौतहट ३ माओवादीको भागमा परेको थियो ।

रौतहट ३ मा एमालेका स्थायी कमिटी सदस्यसमेत रहेका नेता प्रभु साहले स्वतन्त्र उम्मेदवारी दिएपछि माओवादी केन्द्रका उम्मेदवार धीरज पटेलको उम्मेदवारी निष्क्रिय पारिने भएको हो ।