काठमाडौँ— वैदेशिक रोजगारमा जाने कामदारहरुलाई अभिमुखिकरण तालिम दिने संस्थाहरुमा अनुगमन थालिएको छ । तालिम दिने ति संस्थाहरुका विरुद्ध गुनासो आउन थालेपछि वैदेशिक रोजगार विभागले हिजोदेखि अनुगमन तथा निरीक्षण शुरु गरेको हो ।
विभागबाट खटिएको टोलीले हिजो काठमाडौंका ६ वटा संस्थामा अनुगमन गरेको थियो । अनुगमन कार्यलाई भोलिका दिनहरुमा थप प्रभावकारी रुपमा अघि बढाइने विभागका निर्देशक कृष्णप्रसाद भुसालले बताए । काठमाडौं बाहिरका संस्थाहरुमा पनि अनुगमन सञ्चालन गर्ने तयारी भइरहेको उनले जानकारी दिए ।
वैदेशिक रोजगारी नियमावली २०६४ बमोजिम वैदेशिक रोजगारीमा जाने कामदारहरुले अनिवार्य रुपमा अभिमुखिकरण तालिम लिनुपर्ने व्यवस्था छ ।
प्रतिक्रिया