Breaking

मधेश प्रदेशका मन्त्रीहरुले राजीनामा नदिने


काठमाडौँ – मधेश प्रदेश सरकारमा सत्ता गठबन्धनका दलबाट आवद्ध मन्त्रीहरुले राजीनामा नदिने भएका छन् । बिहीबार साँझ मुख्यमन्त्री लालबाबु राउतले मन्त्रीहरुलाई फोन गरेर राजीनामा दिन आग्रह गरे पनि मन्त्रीहरुले राजिनामा नदिने मनस्थितिमा पुगेका हुन् ।

मुख्यमन्त्री राउतले नेपाली कांग्रेसबाट आवद्ध दलका मन्त्रीहरुलाई मात्रै फोन गरेर राजीनामा दिन भनेकाले आफूहरुले राजिनामा नदिने निर्णयमा पुगेको कांग्रेसका एक मन्त्रीले जानकारी दिए ।

स्रोतका अनुसार प्रधानमन्त्री शेरबहादुर देउवाले कांग्रेसका मन्त्रीहरुलाई मात्रै फोन गर्न भनेकाले राजिनामा नगर्न निर्देशन दिएपछि मधेस प्रदेशका कांग्रेसी मन्त्रीहरु राजीनामा नदिने भएका हुन् ।

यता माओवादी केन्द्र तथा नेकपा एकिकृत समाजवादी पार्टीबाट आवद्ध मन्त्रीहरुलाई राजिनामा गर्नका लागि मुख्यमन्त्री राउतले फोन नगरेको सो दलका मन्त्रीहरुले बताए । यद्यपि मुख्यमन्त्री राउत सत्ता गठबन्धन दलबाट आवद्ध मन्त्रीहरुले आज राजिनामा नदिए हटाउने तयारी गरिएको स्रोतले जानकारी दिएको छ ।