Breaking

रुपन्देही-२ : उम्मेदवार राजु गुरुङको रिटको सुनुवाइ आज


काठमाडौँ – रूपन्देही-२ का नेकपा एकीकृत समाजवादीका उम्मेदवार राजु गुरुङको उम्मेदवारी खारेजी सम्बन्धी रिटको आज सुनुवाई हुँदै छ । आफ्नो उम्मेदवारी खारेजीविरुद्ध बिहीबार गुरुङले सर्वोच्चमा रिट दायर गरेका थिए ।

निर्वाचन अधिकृतको कार्यालयले बैंकिङ कसुर मुद्दामा कालोसूचीमा रहेको उल्लेख गर्दै गुरुङको उम्मेदवारी खारेज गरेको थियो ।

आयोगको उक्त निर्णयविरुद्ध गुरुङले रिट निवेदन दायर गरेका हुन् । रिट निवेदनमा गुरुङले आफ्नो उम्मेदवारी खारेज गर्ने निर्वाचन अधिकृतको निर्णय कार्यान्वयन नगर्न अन्तरिम आदेश माग गरेका छन् ।