Breaking

नवनियुक्त अमेरिकी राजदूत थम्प्सन नेपाल आइपुगे


काठमाडौँ — नेपालका लागि संयुक्त राज्य अमेरिकाका नवनियुक्त राजदूत डिन थम्प्सन बिहीबार नेपाल आइपुगेका छन् । यसअघिका राजदूत ¥याण्डी बेरी आफ्नो कार्यकाल पूरा गरी स्वदेश फर्किएपछि राजदूत थम्प्सन नेपाल आइपुगेका हुन् ।

राजदूत थम्प्सन परिवारसहित केही दिन नेपालस्थित अमेरिकी मिशन परिवारसँग भेटघाट गर्नमा बिताउने र त्यसपछि उनले नेपाल सरकारसमक्ष आफ्नो ओहोदाको प्रमाणपत्र पेश गर्दै यहाँस्थित अमेरिकी दूतावासले जनाएको छ ।