काठमाडौँ— देशका सबै ७७ वटै जिल्लामा डेंगु फैलिएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार साउनयता हालसम्म डेंगु संक्रमणबाट देशभर ४५ जनाको मृत्यु भइसकेको छ । हालसम्म देशभर ३७१३१ जनामा डेंगु संक्रमण पुष्टि भएको छ । पहिलोपटक २०६१ मा नेपालमा डेंगु पुष्टि भएको थियो । त्यसयता हरेक वर्षमा नेपालमा डेंगुको प्रकोप देखिने गरेको छ ।
यो वर्ष भने प्रकोप बढेको छ । यो वर्ष सबै जिल्लामा डेंगु पुष्टि भएको मन्त्रबालयले जनाएको छ । उता पछिल्लो २४ घण्टामा नेपालमा ५४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
प्रतिक्रिया