देश

प्रत्यक्षतर्फको मतपत्र छपाई सुरु


काठमाडौँ— निर्वाचन आयोगले मंसिर ४ गते हुने पहिलो हुने निर्वाचित हुने प्रणाली प्रत्यक्ष तर्फको मतपत्र छपाई बिहीबारबाट सुरु गरेको छ । आयोगका अनुसार उम्मेदवारको मात्र मतपत्रमा चिह्न रहनेछ ।आयोगले यस प्रणालीअन्तर्गत प्रत्येक निर्वाचन क्षेत्रका छुट्टाछुट्टै हुने गरी ४ सय ९५ प्रकारका मतपत्र हुने जनाएको छ ।

मतपत्र छपाई जनक शिक्षा सामग्री केन्द्र लिमिटेडले छपाई गरिरहेको छ । मतपत्र छपाईमा कडा सुरक्षा व्यवस्था मिलाइएको छ ।आयोगले बुधबार उम्मेदवारहरुको अन्तिम नामावली प्रकाशित गरिरसकेको छ ।