काठमाडौँ— सशस्त्र प्रहरी सहायक निरीक्षक सत्यनारायण यादव हत्या प्रकरणमा एकजना प्रहरी जवान पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रवक्ता प्रहरी नायव उपरीक्षक डिएसपी नरेशकुमार सिंहका अनुसार बोर्डर आउट पोस्ट बिओपी छिन्नमस्तामा कार्यरत सशस्त्र प्रहरी जवान होमबहादुर खत्री पक्राउ परेका छन्।
अनुसन्धान गर्न जवानलाई पक्राउ गरिएको डिएसपी सिंहले जानकारी दिए। उनले अहिले केही भन्न सक्ने अवस्था नभएको रअनुसन्धान भईरहेको बताए । हिजो मात्रै सोही घटना अनुसन्धानका लागि सशस्त्रका प्रहरी उपरीक्षक एसपी प्रदीप खड्का हेडक्वार्टर तानिएका छन्।
नेपाल–भारत सीमाभन्दा करिब तीन किलोमिटर दक्षिणमा पर्ने सो ठाउँमा कपडा नभएको अवस्थामा असइ यादवको शव भेटिएको थियो भने टाउकोमा पनि चोट देखिएको थियो। थप जानकारी पोस्टमार्टम रिपोर्ट आएपछि मात्रै खुल्न सक्ने डिएसपी सिंहले बताए।


प्रतिक्रिया