काठमाडौँ— आज अक्टोबर महिनाको दोस्रो बिहीबार विश्वभरि दृष्टि दिवस मनाईएको छ । विश्वभरि करिब ३ करोड ६० हजार मानिसहरू दृष्टिविहीन छन् भने २ अरब ४६ करोड हाराहारी मानिसहरू कम दृष्टि या गहिरो प्रकृतिको दृष्टिजन्य समस्याबाट प्रभावित छन् ।
विश्वभरि नै कूल दृष्टिविहीन जनसङ्ख्याको ९० प्रतिशत बढी जनसङ्ख्या न्यून आयस्रोत भएका र आर्थिक रूपमा विपन्न परिवारमा बस्छन् । विश्वभरि दृष्टिविहीन जनसङ्ख्यामध्ये बालबालिकाको सङ्ख्या भने १ करोड ९० लाखको हाराहारीमा छ । दृष्टि अनि त्यसको स्वस्थ र उपचार आजको विश्वका लागि ठुलै चुनौती भएको छ । यस्तै मुद्दाहरूका बारे जनजागरण फैलाउने, पैरवी गर्ने अनि नेत्र दान जस्ता गहन अनि पुण्य दानका बारेमा अभिप्रेरित गर्ने अभिप्रायले दृष्टि दिवस मनाइन्छ ।नेपालमा दृष्टिविहीनहरूको हकहितका लागि विभिन्न सङ्घ–संस्थाहरू छन् जुसले दृष्टिविहीनहरूको हकहितका लागि विभिन्न सङ्घ–संस्थाहरू कार्यरत छन् ।
त्यस्तै विभिन्न सरकारी तथा गैरसरकारी संस्थाहरू लगायत अन्य सञ्जालहरू जस्तै नेपाल नेत्र ज्योति सङ्घहरूले नेपालभरि नेत्र ज्योतिका लागि आँखा केयर सेन्टर र उपचार अभियान गर्ने गरेका छन् । अचाक्ली धुलो–धुवाँले गर्दा सहरी क्षेत्रमा बस्ने नेपालीहरू आँखाको समस्याले अत्यन्त जटिल अवस्थामा छन् । काठमाडौँ लगायतका सहरमा दैनिक हिँड्ने मानिसहरूले सबैजसो बिहान उठ्दा आँखा पोल्ने समस्या सामना गरेका छन् ।
धुलो र धुवाँले आँखा मात्र नभई चर्म अनि श्वासप्रश्वासको पनि उत्तिकै समस्या ल्याउँछ । सन् १९८१ मा केवल एउटा आँखा अस्पताल भएको नेपाल आजका दिनसम्म १७ भन्दा बढी आँखा अस्पताल अनि ३२ अन्य आँखा केयर सेन्टरहरू भएको देश हो । नेत्र उपचारका हिसाबले नेपाल दक्षिण एसियाली क्षेत्रमै एउटा उदाहरणीय देश हो ।
प्रतिक्रिया