Breaking

एकल सिफारिस हुँदा पनि ओलीले टिकट नदिनू अन्यायपूर्ण: भीम रावल


काठमाडौँ — एमालेका नेता भीम रावलले एकल सिफारिस हुँदा पनि उम्मेदवार नबनाएकोमा आक्रोश व्यक्त गरेका छन् । रावलले काठमाडौंमा बिहीबार पत्रकार सम्मेलन गर्दै अध्यक्ष ओलीले अन्यायपूर्ण, स्वेच्छाचारी निर्णय गरिरहेको भन्दै कडा आलोचना गरेका छन् ।

रावलले आफूलाई टिकट नदिएकोप्रति भने,अछाम १ बाट एमालेका निम्ति कुनै योगदान नगरेको, सिफारिस नै नगरेको व्यक्तिलाई टिकट दिइयो । पार्टी पदाधिकारी र ओलीले गरेको निर्णय स्वेच्छाचारी, अन्यायपूर्ण र गलत छ ।

पार्टीमा विधि र अनुशासन कायम नरहेको रावलको भनाई छ । उनले पार्टीमा परामर्श नै नहुने गरेको र आफूविरुद्ध अनावश्यक भ्रम फैलाउने काम भएको बताएका छन् ।