काठमाडौँ— यस वर्ष मनसुन बाहिरिन अझै केही दिन लाग्ने देखिएको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार मनसुन आजबाट केही कम्जोर भए पनि बाहिरिन भने अझै एक हप्ता लाग्ने बुझिएको छ।
महाशाखाका मौसमविद् हिरा भट्टराईले मनसनु आजबाट केही कम्जोर भए पनि बाहिरिन करिब एक हप्ता लाग्ने बताएका छन् । देशका विभिन्न भागमा बादल लाग्ने, हल्का देखि मध्ययम खालको वर्षा हुन सक्ने उनले बताए।
नेपालमा मनसुन बाहिरिने सरदर मिति अक्टोबर २ तारिख अर्थात् असोज १५ गते भएतापनि यस वर्ष मनसुन सरदर मितिभन्दा केही दिन ढिला बाहिरिने सम्भावना देखिएको महाशाखाले जनाएको छ।


प्रतिक्रिया