राजनीति

डडेल्धुराका स्वतन्त्र उम्मेदवार ढकाललाई ‘सिरिञ्ज’ चिह्न


काठमाडौँ — नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाविरुद्ध डडेल्धुरामा स्वतन्त्र उम्मेदवारी दिएका सागर ढकालले ‘सिरिञ्ज’ चुनाव चिह्न पाएका छन् ।

निर्वाचन अधिकृतको कार्यालयले बुधबार ढकाललाई ‘सिरिञ्ज’ चुनाव चिह्न दिएको हो ।

गुल्मीका ढकाल दुई महिनादेखि डडेल्धुरामा चुनाव प्रचारका क्रममा छन् । देउवाविरुद्ध ढकालसहित एमालेको समर्थनमा नेपाली कांग्रेस बीपीका कर्ण मल्ल पनि मैदानमा छन् ।