Breaking

संयुक्त राष्ट्रसंघको साधारणसभामा युक्रेनको पक्षमा नेपालको मतदान


काठमाडौँ — संयुक्त राष्ट्रसङ्घको साधारणसभामा १४३ सदस्य देशले युक्रेनमाथि रूसले गरेको बर्बर र पाशविक आक्रमणको निन्दा र भत्र्सना गर्दै खेद प्रस्ताव पारित गरेका छन् ।

नेपालले पनि उक्त प्रस्तावको पक्षमा मतदान गरेको छ । बुधबार भएको मतदानमा १४३ देशले पक्षमा र पाँच देशले विपक्षमा मतदान गरेका छन् । ३५ देश मतदानको समयमा अनुपस्थित रहेका थिए ।

उक्त प्रस्तावमा भनिएको छ, “रूसले अन्तर्राष्ट्रिय मान्यता प्राप्त सीमाभित्र तथाकिथत रुपमा गरिएको जनमत सङ्ग्रहको निन्दा गर्दछौँ । साथै संयुक्त राष्ट्रसङ्घको सदस्य राष्ट्र र सङ्गठनले युक्रेनको सीमा परिवर्तनलाई मान्यता दिने छैन ।”

उक्त प्रस्तावको रूसले तुरुन्त र बिनाशर्त निर्णय फिर्ता लिनसमेत माग गरेको छ ।