Breaking

राज्य संयन्त्र अपराधीहरुको कब्जामा गयो, यो चुनावले सबै छिनोफानो गर्छ : ईश्वर पोखरेल (भिडियोसहित)


काठमाडौँ — निर्वाचनकै मुखमा नेकपा एमालेभित्र चुलिएको विद्रोहले पहिरो नै गएको छ । घनश्याम भुसाललाई टिकट नदिएको भन्दै ३१ जनाले सामूहिक राजीनामा दिएका छन् । केही दिन अघिमात्रै अछाममा पहिरो गएको थियो । यसले एमाले अध्यक्ष ओली थप दबाबमा परेका छन् ।

शक्ति बढाएर सत्ता हत्याउने तयारीमा रहेको एमालेका अध्यक्ष केपी शर्मा ओलीका लागि टिकट टकरावनै गलपासो बनेको छ ।भीम रावललाई टिकट नदिएपछि अछाममा एकैपटक ४० बढी जिल्लास्तरिय नेताकार्यकर्ताले पार्टी छोडेका छन् । रावल स्वयंम बिहिबार पार्टी छोड्ने वा नयाँ पार्टी खोल्ने निष्कर्षमा पुग्दै पत्रकार सम्मेलनमार्फत सार्वजनिक गर्ने तयारीमा छन् । घनश्याम भुसाललाई टिकट नदिएपछि रुपन्देहीमा ३१ जनाले बुधबारमात्रै सामूहिक राजीनामा गरेका छन् । जसपासँग तराईँ मधेशमा गठबन्धन गरिएपछि प्रभु साह नेतृत्वको समूहले २५ बढी स्थानमा स्वतन्त्र उम्मेदवारी हालेको छ । चुनावको मुखमा एमाले विरुद्ध ठूला दलबाट भएको यो विद्रोहले भयंकर क्षतिको संकेत गरेको छ ।

देशमा प्रतिनिधि सभा निर्वाचनको सरगर्मी चढेको छ । चार महिनाअघि स्थानीयतहको चुनावको सरगर्मी सेलाउन नपाउँदै प्रदेश र प्रतिनिधि सभाको चुनावलाई लिएर माहोल सुरु भइसकेको छ । अझ उम्मेदवारी दर्तापछि त माहोल झन् तातेको छ ।
काठमाडौँका जम्मा १० निर्वाचन क्षेत्रमध्ये निर्वाचन क्षेत्र नं. ५ को चार्च पनि अलि चाखलाग्दो छ । यो क्षेत्रमा चर्चित नेताहरूसँगै युवाअनुहार चुनावी मैदानमा उत्रदाँयसको चर्चा चुलिदो छ । २०७४ को निर्वाचनमा काठमाडौं क्षेत्र नं. ५ मा नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल भारी मतले विजयी भएका थिए । तत्कालिन समयमा उनले नेपाली कांग्रेसका नेता प्रकाशशरण महतलाई ९ हजार ८ सय ६० मतको फराकिलो अन्तरले हराएका थिए । एमालेको राम्रो पकड भएको यो क्षेत्रबाट फेरि उनै पोखरेलले आफ्नो उम्मेदवारी दर्ता गराएका छन् । पाँच वर्षको कार्यकालमा एमालेले जनताको हीतमाकाम गरेकाले चुनाव जित्नेमाआफू विश्वस्त रहेको उनले बताए ।