Breaking

प्रचण्डलाई ९९ वर्षीय कांग्रेसीको चुनौती, पार्टीमा युवालाई छैन अवसर,स्वतन्त्रमा युवै युवा


काठमाडौँ — आगामीमंसिर चार गते प्रतिनिधिसभा र प्रदेशसभा सदस्यको निर्वाचनहुँदैछ । दल, स्वतन्त्र र पार्टीमाविद्रोह गरेका गरी थरी थरीकाउम्मेदवारहरु चुनावी मैदानमा छन । संसदीयनिर्वाचनमाउम्मेदवार बनेका उम्मेदवारहरुको उमेर थप रोचक छ । २५ वर्ष उमेरदेखि ९९ सय वर्ष पुगेका व्यतिm समेत चुनावीप्रतिस्पर्धामाहोमिएका छन् । कांग्रेस (विपि) का नेता टिकादत्त पोखरेल पछिल्लो समय चर्चामा छन । कारण उनी ९९ सय वर्षको उमेरमासंसदीयनिर्वाचन लड्दै छन । पोखरेलले प्रतिनिधिसभा सदस्यकालागिगोरखादुईबाट उम्मेदवारी दिएकाहुन् ।

अर्थात् उनीआगामीनिर्वाचनमामाओवादी केन्द्रकाअध्यक्षपुष्पकमलदाहाल प्रचण्डसँग भिड्दैै छन । र्निाचनआयोगको तथ्यांकअनुसार उनी सबैभन्दा जेठो उम्मेदवार हुन् । उनको उम्मेदवारी चुनावीहारजितभन्दापनि राजनीतिकवितृष्णा, कांग्रेस छाडेर गएपनिकांग्रेसप्रतिको मोह मात्रहोइनकांग्रेसले प्रचण्डलाई उम्मेदवार बनाएपछिको विद्रोहको रुपमा समेत चर्चा हुने थालेको छ ।

निर्वाचन ऐन अनुसार प्रतिनिधिसभा र प्रदेशसभामाउम्मेदवार बन्न २५ वर्ष उमेर हदकायमगरिएको छ । संसदीयनिर्वाचनको चुनावीप्रतिस्पर्धामा२५ वर्षे युवादेखि ९९ सय वर्षका वृद्ध समेत चुनावी मैदानमाउत्रिएका छन । प्रतिनिधिसभा सदस्यकालागि ८५ वर्षका ७जानउम्मेदवार छन । ८० वर्षिय महन्थ ठाकुर, ७७वर्षका प्रधानमन्त्री शेर बहादुर देउवा ,७८ वर्षिय कांग्रेस नेता रामचन्द्र पौडेल,७० वर्षका एमाले अध्यक्ष के.पीशर्मा ओली सहित७० देखि ८४ वर्ष उमेर समूहका७२ जनाउम्मेदवार प्रतिनिधिसभा सदस्यकालागिचुनावी मैदानमा छन ।

राजनीतिकदल,स्वतन्त्रसबै गरेर २५ देखि ३९ वर्षका ७ सय बढि उम्मेदवार छन । ४० वर्ष देखि ५४ वर्ष उमेर समूहका १ हजार ८६ उम्मेदवार छन ।प्रदेशसभा सदस्यमा सबैभन्दा धेरै ४० देखि ५४ वर्ष उमेर समूहका १६ सय बढी उम्मेदवार छन । ७० देखि७५ वर्ष उमेर समूहका७१ जना,र २५ देखि ३९ वर्षका ९ सय ४४ जनाले उम्मेदवारी परेको छ ।सगम्र उम्मेदवारमा ४० देखि ५४ वर्ष उमेर समूहकाउम्मेदवार धेरै छन ।

निर्वाचनआयोगको तथ्याङ्क अनुसार प्रदेश र प्रतिनिधिसभा सदस्यकालागि देशभरबाट ६ हजार बढीले उम्मेदवारी दर्ज गराएकाथिए । राजनीतिकदल,स्वतन्त्र, र पार्टीमाविद्रोह गर्दै वागीसहितथरी थरीकाउम्मेदवारहरु चुनावी मैदानमाउत्रिएका कारण पनिउम्मेदवारहरुको सूचिलामो भएको हो ।

लोकतन्त्रमा हरेक नागरिक उम्मेद्वारको लागि योग्य रहने भएकोले उम्म्द्वारको संख्या बढ्नुलाई लोकतन्त्रको सुन्दर पक्षको रुपमालिनुपर्ने राजनीतिकविश्लेषहरु बताउँछन् । आसन्ननिर्वाचनमा७० काटेकाहरुलाई नट अगेन भन्ने अभियान नै चलाएपनिदलहरुले उम्मेदवार छनोट गर्दा पार्टीको युवापंतिmभन्दापाकानेताहरु नै धेरै परेका छन ।

गठबन्धनका नाममा ठूला नेताहरुको व्यवस्थापनमै दलहरुलाई सकस बन्दाप्रतिनिधिसभा र प्रदेशसभा सदस्यको आसन्ननिर्वाचनमाप्रत्यक्षतर्फ युवाउम्मेदवारको संख्यागतनिर्वाचनको तुलनामा घटेको छ । स्वतन्त्रउम्मेदवार बन्ने होडका कारण मात्रयुवाउम्मेदवारको संख्या सन्तोषजनक देखिएको छ ।