Breaking

अधिकांश बागीको उम्मेदवारी फिर्ता गराउन दलहरु सफल, फिर्ता नलिएका पार्टीबाट निस्कासन


काठमाडौँ — आगामीमंसिर ४ गते हुने आमनिर्वाचनकालागिउम्मेदवारी दिएकाकेहि बागीउम्मेदवारहरूले उम्मेदवारी फिर्ता लिएभने केहि क्षेत्रमा पार्टिको निर्देशनपनिपालनभएन । नेकपा (एकीकृत समाजवादी)बाट बागीउमेदवारी दिएका २२ जनाले उम्मेदवारी फिर्ता लिएभने एमालेका ४ जनाउम्मेदवारले पनिआफ्नो उमेदवारी फिर्ता लिएका छन् । पार्टीको निर्देशनको अवज्ञा गर्दै केहीले उम्मेद्वारी फिर्ता नलिँदासत्ता गठबन्धनमा चरम असन्तुष्टी देखिएको छ ।

मनाङ निर्वाचन क्षेत्र नम्बर ‘ख’बाट प्रदेशसभातर्फ स्वतन्त्र रूपमाउमेदवारी दिएका गण्डकीका युवातथा खेलकुदमन्त्री राजीव गुरुङ अर्थात दीपकमनाङे निर्विरोध निर्वाचितभएका छन् । उनीसँगप्रतिस्पर्धामाउत्रिएकाअर्का स्वतन्त्रउमेदवार दोर्जेलामा गुरुङले आफ्नो उमेदवारी फिर्ताका लागिनिवेदनदिए सँगै उनिनिर्विरोध निर्वाचितभएकाहुन । त्यस्तै, डेलधुरामा नेकपाएमाले र कांग्रेस बीपीबिचअन्तिम समयमातालमेल गर्ने सहमति बनेको छ ।

एमाले अध्यक्ष केपीओलीकै निर्देशनमाप्रतिनिधि सभामापार्टीले कांग्रेस बीपीकाउम्मेदवार कर्ण मल्ललाई सघाउने भएको छ । कांग्रेस बीपीले एमालेका प्रदेश सभाकाउम्मेदवारलाई सघाउने निर्णय भएको छ । त्यस्तै, काठमाडौं–७ बाट निर्वाचितनिवर्तमान सांसद रामवीर मानन्धरले आफ्नो उम्मेदवार कायम राखेका छन् । नेकपाएमालेले श्यामप्रसाद घिमिरेलाई उम्मेदवार बनाएपछि मानन्धरले स्वतन्त्रउम्मेदवारी दिएकाहुन् ।

त्यस्तै, तनहुँमाआसन्नप्रतिनिधिसभातथाप्रदेशसभा सदस्यको निर्वाचनकालागिउम्मेदवारी दर्ता गरेकामध्ये ५ जनाले उम्मेदवारी फिर्ता लिएका छन् । प्रतिनिधिसभा सदस्यतर्फ एक जना र प्रदेशसभा सदस्यतर्फ ४ जना गरी ५ जनाले उम्मेदवारी फिर्ता लिएकाहुन् । मुख्यनिर्वाचनकार्यालय तनहुँकाअनुसार नेपालीकांग्रेसका पूर्वसचिवविश्वबास्तोलाले तनहुँ– १ को प्रतिनिधिसभा सदस्यकालागिदिएको उम्मेदवारी फिर्ता लिएका छन् । यसैगरी तनहुँ– १ (१) बाट स्वतन्त्रउम्मेदवारी दर्ता गराएकानगेन्द्र पौडेलले पनिउम्मेदवारी फिर्ता लिएका छन् ।

त्यस्तै, निर्वाचनआयोगले रूपन्देहीको प्रतिनिधिसभातर्फको निर्वाचन क्षेत्र नं. २ बाट सत्ता गठबन्धनका उम्मेदवार नेकपाएकीकृत समाजवादीका राजु गुरूङको उम्मेदवारी खारेज गरिदिएको छ।जसका कारण एमालेका नेता विष्णुपैडेललाई हाइसन्चो भएको छ । गठबन्धनको उम्वेरवारी नै खारेजभए पछि उनको प्रतिस्पर्धि नै नभएको विश्लेण गरी गरिएको छ । त्यस्तै, चितवनको क्षेत्र नम्बर १ मा नेपालीकाँग्रेसबाट बागीउम्मेदवार बनेका राजेन्द्रप्रसाद बुर्लाकोटीले उम्मेदवारी फिर्ता गरेका छैनन् ।

गठबन्धनबाट नेपालीकाँग्रेसका तथा राष्ट्रिय योजनाआयोगकाउपाध्यक्षपूर्व उपाध्यक्ष डा.विश्वपौडेल उम्मेदवार छन् । तर, आफ्नै पार्टी विरुद्ध उनले उम्मेदवार दिएकाथिए। त्यस्तै, नेकपा (एकीकृत समाजवादी)बाट बागीउमेदवारी दिएका २२ जनाले उम्मेदवारी फिर्ता लिएका छन् । पार्टीले दिएको निर्देशनबमोजिमउनीहरूले उमेदवारी फिर्ता लिएकाहुन् । मंगलबार गठबन्धनका तर्फबाट बागीउमेदवारी दिएकाहरूलाई उमेदवारी फिर्ता नलिए कारबाहीगर्ने चेतावनीदिइएको थियो ।

निर्देशनअनुसार प्रतिनिधिसभातर्फ चारजना र प्रदेशसभातर्फ १८ जनाले उमेदवारी फिर्ता लिएको अध्यक्षमाधवकुमार नेपालले एक विज्ञप्ति जारी गर्दै जानकारी दिएका छन् । केन्द्रबाटै उमेदवारी खारेजको पत्र ढिलो पुग्दाकतिपयउमेदवारी कायमै रहेको छ ।त्यस्तै, गुल्मीमा सत्ता गठबन्धनविरुद्ध बागीउम्मेदवारी दिएका नेपालीकांग्रेसका नेतादामोदर भुसालले मनोनयनफिर्ता लिएनन् । एकीकृत समाजवादीकी सचिव रामकुमारी झाँक्रीले कांग्रेस र माओवादीदुवैको समर्थनमागुल्मी क्षेत्र नम्बर २ बाट उम्मेदवारी दिएकी छन् ।

त्यस्तै, एमालेले प्रतिनिधिसभाका ४ क्षेत्रबाट आफ्नो उम्मेदवारी फिर्ता लिएको छ।उम्मेदवारी फिर्ता लिएर एमालेले कांग्रेस विपी, विद्रोहीकांग्रेस, राप्रपा र हृदयेश त्रिपाठीका लागि ठाउँ खालीगरिदिएको छ।धादिङ २ मा राप्रपाले एमालेलाई प्रतिनिधिसभामा समर्थन गर्ने भएपछि प्रदेशमाएमालेका धनवहादुर घलेको उम्मेदवारी फिर्ता लिएर राप्रपाका डम्बर घलेलाई समर्थन गरेको छ।
त्यस्तै, तनहुँ १ मा स्वतन्त्रउम्मेदवारी दिएका नेपालीकांग्रेसका पूर्व नेतागोविन्दराजजोशीले कैंचीचुनावचिह्नपाएका छन् ।

भने, नेकपाएमाले त्यागेर रुपन्देही–१ मा स्वतन्त्रउम्मेदवारी दिएका घनश्याम भूसालले चुनावचिह्नत्रिभुजपाएका छन् । त्यस्तै, रौतहट–३ माप्रतिनिधिसभातर्फ स्वतन्त्र रुपमाउम्मेदवारी दिएकाप्रभु साहले चापाकलचुनावचिह्नपाएका छन् ।