Breaking

दलहरुमा विद्रोह: गठबन्धनमा टिकट नपाएकाहरु चुनाव हराउन लाग्लान ? एमालेलाई आफ्नै नेताको खतरा


काठमाडौँ — आगामीनिर्वाचनमा टिकट नपाएको झोकमा पार्टी छोड्नेदेखि सामाजिक सन्जाल रंग्याउनेहरु बढेका छन । दलहरुमा स्वतन्त्रउम्मेदवारी दिने देखि सामुहिक राजिनामादिनेको संख्या ठुलै देखिएको छ । जसमासत्ता गठबन्धनभने विद्रोहको व्यवस्थापनगर्न एमाले भन्दा सफलदेखिएको छ । विगतमा शेरबहादुर देउवाले नै सुरु गरेको ६०–४० को भागवण्डाको प्रणालीपार्टीभित्रलागु हुनुपर्ने मागगर्ने कांग्रेसको डा.शेखर कोईरालापक्षले चुनावी अघि सक्रियता बढाएको थियो ।

विशेषतनिर्वाचनमापाउने सिट केन्द्रीतउनीहरुकागतिविधिले देउवालाई समानुपातिक सूची सच्याउन समेत बाध्यपार्यो । तर यथोचित सिट नपाए कोईराला र गगनथापाले समेत विद्रोह रोक्न नसक्ने यो गुटको दोश्रो तहका नेताको चेतावनीकायमथियो । निकै रस्साकस्सीमा टिकट वितरण भयो भने ४० प्रतिशतभागमागेको यो समुह२३ प्रतिशतमासमेटियो । यतिमात्रनभएर चेतावनीदिनेमध्येकै एक भूपेन्द्रजंगशाही टिकट विहिन बने ।

केदारनरसिंह केसीले पनि टिकट पाएनन् भने चर्चित अनुहार स्वर्णिम वाग्ले,गोविन्दपोखरेल,मिलेन्द्र रिजालले पनि टिकट विहिनहुनुपर्यो ।शाहीले सामाजिक सन्जालमाअव के गर्ने भनेर कार्यकर्तासँग सल्लाह सुझावपनिमागेपनिअहिले सामसुम बसेका छन भने वाग्ले घोषणापत्र लेख्ने र राम्राउम्मेदवारको प्रचारमाव्यस्त छन ।

गोविन्दपोखरेललाई त वागी उठे एमालेले साथदिने प्रस्ताव नै गर्यो ।त्यसकालागिएमालेकीशान्ताचौधरीलाई पछि सार्ने महासचिवशंकर पोखरेलले नै बताएकाथिए । तर पोखरेलले पार्टीभित्रै संघर्ष गर्ने भन्दै यो निर्णबाट पछि हटे । अमरेशकुमारले चाँहि स्वतन्त्रउम्मेदवारी दिए

पाँचदलको गठबन्धन र सिमित सिट संख्याका कारण गठबन्धन र घटक दलमाठुलो विद्रोह आउछ भन्नेमाएमाले ढुक्क थियो । किनभने माओवादीमै पनि रामकार्की,लेखनाथन्यौपाने,हरिवोल गजुरेल,हिमालशर्मा,मुख्यमन्त्रीत्रिलोचन भट्ट जस्ता चर्चित अनुहारले नै टिकट पाएकाथिएनन् ।

टिकट विहिन सत्ताघटक दलकाअनुहारले भागवण्डा अघि नै आफूले टिकट नपाएआगो बाल्ने खालकाअभिव्यक्तिदिएका कारण वागीवास्वतन्त्रउम्मेदवारी दिनेको संख्या ठुलो होलाभन्ने आशामापनिएमाले थियो । तर यसको असर एमाले नै बढि पर्यो । यद्यपीअरु दलमाजस्तो विद्रोहकांग्रेसमानहुने राजनितिकविश्लेषकहरुले बताँउदै आएकाथिए ।

गठबन्धनमा आफ्नो भागखोसिएविद्रोह गर्ने कांग्रेस नेतामोहन बस्नेत पनिअर्को क्षेत्रमाव्यवस्थापनभएभने काठमाडौ ४ को टिकट पाएर हौसिएका नैनसिंह महर अन्तिम समयमारिङ आउट भए । वालुवाटारबाटै फोन गएपछि खुसि हुँदै आधा बाटो आईपुगेका महर गगनआफ्नै क्षेत्रमा लड्ने निर्णयले पछारिन पुगे ।

महरलाई काठमाडौँ कै ३ नम्बर क्षेत्रमा समेट्न खोजेपनित्यो पनि सम्भव भएन । तर केहि स्थानमादुखपोखे पनिविद्रोह कै आट भने गरेनन् ।बरु शिर्ष नेताहरुले गठबन्धनविरुद्ध जानेलाई कारबाहीगर्ने विज्ञप्ती नै निकालेर यस्ता उम्मेद्वारमाथिदवाव बढाएका छन ।

राजनितिक विश्लेषक सरोज मिश्र टिकट वितरण सवै पार्टीमाअध्यक्षवा सभापतीकै तजविजमा भए पनि पनि कांग्रेसमा अपेक्षित विद्रोह नभएको बताउछन । कम्यनिष्ट पार्टीहरुमाभन्दाकांग्रेसमादलभित्रै फरक मत राख्न सक्ने वातावरण हुनु नै यसको मूख्य कारण भएको उनको तर्क छ ।

हुन त दलको आन्तरिक अनुसान,दवाववाराजनितिकभविष्यको चिन्ताले पनिविद्रोह मत्थर भएको जस्तो देखिएको हुनसक्छ । तर भित्रभित्रै भुसको आगो जसरी अन्तुष्ट आवाज नरहलाभन्नभन्न सकिन्न । यसअघिपनिवाहिर नवोल्ने भित्रअन्तरघात गर्ने रोगले सबै दल प्रताडित भएकाथिए । फलत आजमधुरो बनेको असन्तुष्टको आवाज साच्चै कि दवावको उपजत्यो हेर्न भने निर्वाचन नै पर्खनुपर्ने हुन्छ ।