Breaking

धनकुबेरु चौधरीको कब्जामा काँग्रेस, स्वर्णिमलाई साइड लगाएर अर्थमन्त्रीको चाबी


काठमाडौँ — आसन्न मंसिर ४ को निर्वाचनका लागि टिकट वितरण र उम्मेदवारी दर्ता सकाएर दलहरु चुनावी प्रचारमा दौडिएका छन् । यही निर्वाचनमार्फत ठूला व्यापारीसमेत मैदान छिरेका छन् । जसमध्ये सत्ताको नेतृत्वकर्ता नेपाली काँग्रेस विनोद चौधरीजस्ता व्यक्तिहरुलाई प्रमुख प्राथमिकता दिइरहेको छ । नेपाली काँग्रेसका ‘धनकुबेर’ उद्योगपति हुन् विनोद चौधरी । राजनीतिको नीतिमा चल्न होइन, राजनीतिलाई आफ्नो नितिमा चलाउन चतुरमध्येका पनि एक खुनखार व्यापारीहुन् चौधरी ।

आजभोली उनलाई मानिसहरु नेताका रुपमा चिन्छन् र उनको नाफाघाटाको कारोबार नेपाली काँग्रेसभित्र चलिरहेको छ । प्रधानमन्त्री शेरबहादुर देउवाकै किचन क्याविनेटमा सीजीको वाइवाइ जस्तो देउवाको दिमाग पकाइरहेका चौधरी यसपटक निकै ठूलो नाफामा उक्लिएका छन् ।दुरन्धर नेताहरुलाई ‘साइड’ लगाएर धनकुबेर चौधरीलाई मन फुकाएर देउवाले प्रतिनिधिसभाको टिकट थमाइदिएपछि ६ दशकमा नगरेको विकास चौधरीले अब खल्र्यापखुर्लुप गर्ने वचन दिएका छन् ।

चौधरीविरुद्ध पूर्वमन्त्रीसमेत रहेकाहृदयदेश त्रिपाठी एमालेको समर्थनसहित भिड्दैछन् । पाँचौंपटक चुनाव जित्ने तयारीमा रहेका त्रिपाठीलाई हराएर राजनीतिको राजकाज चलाउन चौधरीलाई खासै ठूलो समस्या देखिदैन ।किनकि पैसाकै बलमा सत्ता, शक्ति र पार्टी नै किन्नसक्ने ताकत भएका चौधरीलाई निर्वाचन खासै ठूलो विषय होइन । तर करका दर हेरफेरदेखि सीसीटिभी गायब बनाएको प्रकरणसम्म जोडिएका चौधरी यसपटक प्रत्यक्ष निर्वाचनमार्फत संसद छिर्ने विषयसँग धेरै स्वार्थ जोडिएर आएका छन् ।

चौधरीकै स्वार्थका कारण नेपाली काँग्रेसले कोषाध्यक्षको छिनोफानो लगाएको छैन ।अब चौधरीको अर्जुनदृष्टी अर्थमन्त्रीको पदमा परेको छ । यसैकारण काबिल व्यक्तिहरुलाई समेत पाखा लगाएर देउवाले चौधरीलाई टिकट दिएका हुन् । स्वर्णिम वाग्ले जस्ता विज्ञहरु अन्तिममा आएर टिकटबाट बञ्चित हुनुलाई नेताहरुले चौधरी जस्ता व्यापारीको प्रभावका रुपमा बुझेका छन् ।

उसैपनि देउवा उमेश श्रेष्ठजस्ता व्यापारीलाई क्याविनेट छिराएर बद्नाम बनिरहेका थिए । अहिलेको निर्वाचनमा झनै ठूला विवादित व्यापारीक घरानालाई टिकट दिएर राज्यमाथिको नियन्त्रण बढाएका छन् । देउवाको काँग्रेसमात्रै नभएर एमाले–माओवादीसहितका दलहरु व्यापारीकै दलदलमा भाँसिएका छन् ।

यही निर्वाचनमार्फत मेडिकल माँफियाको पहिचान बनाएका सुनिल शर्मा मैदान छिरेका छन् । शर्माले मोरङ –३ बाट टिकट पाउँदा बर्षाैदेखि काँग्रेसको विरासतमा बल पु¥याइ रहेका मिनेन्द्र रिजालहरु सखाप पारिएका छन् ।सुनिलबहादुर थापा रमोहन आचार्य जस्ता व्यवसायीलाई समेत यही निर्वाचन दाहिने परेको छ ।