Breaking

ओलीलाई ठूला नेताबाटै घात, दर्जनौं नेता बाहिरिए, भीम रावल गर्दैछन् कडा निर्णय, भुसालले ल्याए पहिरो


काठमाडौँ — निर्वाचनकै मुखमानेकपाएमालेभित्रचुलिएको विद्रोहले पहिरो नै गएको छ । घनश्याम भुसाललाई टिकट नदिएको भन्दै ३१ जनाले सामूहिक राजीनामादिएका छन् । केहीदिनअघिमात्रै अछाममा पहिरो गएको थियो । यसले एमाले अध्यक्षओलीथपदबाबमा परेका छन् ।शक्ति बढाएर सत्ताहत्याउने तयारीमा रहेको एमालेकाअध्यक्ष केपीशर्मा ओलीकालागिटिकट टकरावनै गलपासो बनेको छ ।

भीम रावललाई टिकट नदिएपछि अछाममा एकैपटक ४० बढी जिल्लास्तरिय नेताकार्यकर्ताले पार्टी छोडेका छन् । रावल स्वयंमबिहिबार पार्टी छोड्ने वानयाँ पार्टी खोल्ने निष्कर्षमापुग्दै पत्रकार सम्मेलनमार्फत सार्वजनिकगर्ने तयारीमा छन् । घनश्याम भुसाललाई टिकट नदिएपछि रुपन्देहीमा ३१ जनाले बुधबारमात्रै सामूहिक राजीनामा गरेका छन् । जसपासँगतराईँ मधेशमा गठबन्धन गरिएपछि प्रभु साह नेतृत्वको समूहले २५ बढी स्थानमास्वतन्त्रउम्मेदवारी हालेको छ । चुनावको मुखमाएमालेविरुद्ध ठूला दलबाट भएको यो विद्रोहले भयंकरक्षतिको संकेत गरेको छ ।

पाँचदलीय सत्ता गठबन्धनको पेलानमा परेपछि स्थानीयतहको निर्वाचनमाआएको मतपरिणामले एमाले यसै हायालकायलको अवस्थामाथियो । त्यसकालागिकुनै पनि सर्तमा गठबन्धन भत्काउनु उसको उद्देश्य भएपनिसफलहुन सकेन । तर अन्तिम समयमाआएर जसपाले गठबन्धनमा असन्तुष्टिको विजारोपण गरेपछि एमालेको भावभंगी फेरियो ।

गठबन्धनबाट एउटा दलभएपनिबाहिरिएपछि उत्साहित बनेको एमाले जसपालाई भित्र्याएर निकै बलसालीबन्नखोजिरहेको थियो । तर एमालेसँगजसपामिल्ने वित्तिकै तराई मधेशको माहोल नै विथिलिएको छ ।एमालेसँग मिलेर जहाँजहाँजसपाले उम्मेदवारी दिएको छ, त्यहाँत्यहाँएमालेको विद्रोह समूहले स्वतन्त्रउम्मेदवारी हालेको छ ।

जसपाबाट टिकट नपाउने भएपछि एमालेतिर सल्किएकाहरु पनिअहिले एमाले–जसपाबीच गठबन्धन बनेपछि संकटमा फसेका छन् । तर टिकटबाट बञ्चितभएर विद्रोह स्वरुप स्वतन्त्रउम्मेदवारी दिएकाहरुलाई ओली यसै छोड्ने पक्षमा छैनन् । ओलीले दुई स्थायी कमिटी सदस्य र तीन केन्द्रीय समिति सदस्यलाई पार्टीका आधिकारिक उम्मेदवारविरुद्ध बागीहालेको भन्दै सदस्यताअभिलेखबाट हटाउने तयारी गरेका छन् ।

तर जसपा र राप्रपासँगको गठबन्धन कार्यान्वयनतहमै पु¥याउनओलीकालागि सकसपूर्ण बन्दै गएको छ ।झापा ३ माराप्रपाकाअध्यक्ष राजेन्द्र लिङ्देनलाई जिताउन र झापा ५ माएमाले अध्यक्षओलीलाई जिताउनबाहेक अन्य ठाउमा तालमेल प्रभावकारी बनेको छैन ।जसपासँगतालमेल भएकाअधिकांश स्थानको अवस्थापनि उस्तै छ ।

किनकि राप्रपाकावरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्र उठेको काठमाडौं १ माएमालेले आफ्नै उम्मेदवारी खडा गरेको छ । जसपाका नेतातथा सामान्यप्रशासनमन्त्रीराजेन्द्र श्रेष्ठ उठेको काठमाडौं ७मा समेत एमालेको आफ्नै उम्मेदवार छ । फलतःआफ्नै कार्यकर्तालाई लत्याएर बनाएको गठबन्धन पनि केहि नेताकै लागिमात्र बनेको छ ।