काठमाडौँ— जल तथा मौसम विज्ञान विभागले आगामी अर्को हप्तासम्म मौसमी वर्षात् रहिरहने पूर्वानूमान गरेको छ । जल तथा मौसम विज्ञान विभागका वरिष्ठ मौसमविद् सुमनकुमार रेग्मीले सो जानकारी गराएका हुन् । उनले विभागले मौसमी सिस्टमको निरन्तर अनुगमन गरिरहेको उल्लेख गर्दै उचित समयमा त्यसको बाहिरिने अवस्थाबारे सार्वजनिक गर्ने बताए ।
वरिष्ठ मौसमविद् रेग्मीले मौसमी वर्षात् सकिएपनि ठूलै धनमालको जोखिम हुने अवस्था सकियो भन्ने नमिल्ने पनि स्पष्ट पारे ।वर्षात् सकिएपनि त्यसको जोखिम भने कायमै रहन सक्ने उनको भनाइ थियो । वरिष्ठ मौसमविद् रेग्मीले तत्कालै आज भोलीनै मौसम बाहिरिने सम्भावना बभएको बताएका छन् । विभागले आगामी हिउँदको मौसमी अवस्था कस्तो हुन्छ भन्ने बारे हिउँदा याम सुरु हुनु अघि नै जानकारी दिने पनि बताएको छ ।
वरिष्ठ मौसमविद् रेग्मीले डिसेम्बर, जनवरी र फेब्रुअरी महिना हिउँद याम हुने भन्दै त्यसको जानकारी समय आउनु अगावै दिने बताए ।उनले आगामी हिउँदको मौसमी अवस्था कस्तो हुन्छ भनेर अहिले नै पूर्वानुमान गर्न नमिल्ने पनि बताए ।
प्रतिक्रिया