Breaking

प्रचण्डविरुद्ध मनोनयन दर्ता गराएकी काँग्रेसकी उम्मेदवारी माधवी भट्टको मनोनयन दर्ता फिर्ता


काठमाडौँ — नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ का विरुद्ध मनोनयन दर्ता गराएकी नेपाली काँग्रेसकी डा. माधवी भट्टले आफ्नो उम्मेदवारी फिर्ता लिएकी छिन् । निर्वाचन आयोगले उम्मेदवारी फिर्ता लिनको लागि दिएको समयमा मुख्य निर्वाचन अधिकृतको कार्यालयमा पुगेर उनले आफ्नो उम्मेदवारी फिर्ता गरेकी हुन् ।

चितवन–३ छोडेर गोरखा क्षेत्र नम्बर २ मा चुनाव लड्न पुगेका ‘प्रचण्ड’ का कारण काँग्रेसमा मतदान गर्दै आएका नेता तथा कार्यकर्ताहरूमा वितृष्ण पैदा भएको भन्दै उनले मनोनयन दर्ता गरेकी थिइन् । लोकतन्त्रमा एक राजनीतिक दलका कार्यकर्ताले अर्को राजनीतिक दलको चुनाव चिह्नमा मतदान गर्नै पर्ने बाध्यता हुन नहुने भन्दै गोरखाकै सिरानचोक गाउँपालिका घर भई हाल काठमाडौँमा रहेर नेपाली काँग्रेसको राजनीति गर्दै आएकी डा. भट्टले आफूले कुनै पनि अवस्थामा पनि उम्मेदवारी फिर्ता नगर्ने बताउँदै आएकी थिइन् । तर अन्तिम समयमा भने उनले उम्मेदवारी फिर्ता लिएकी हुन ।