Breaking

गंगा चौधरीको उम्मेदवारी फिर्ता भएन


काठमाडौँ — दाङको क्षेत्र नम्बर १ बाट प्रतिनिधि सभा सदस्यको उम्मेदवारका लागि तीन जना पूर्वसहकर्मीबीच प्रतिस्पर्धा हुने भएको छ । सत्ता गठबन्धनबाट नेकपा एकीकृत समाजवादीका मेटमणि चौधरी, नेकपा एमालेबाट शान्ता चौधरी र हाम्रो नेपाली पार्टीबाट उम्मेदवार बनेकी गंगा चौधरीबीच प्रतिस्पर्धा हुने भएको हो ।

उनीहरू तीनै जना यसअघि एमालेमा रहेर सक्रिय राजनीति गरेका हुन् । मेटमणि चौधरी एमाले विभाजन हुँदा एकीकृत समाजवादीतर्फ लाग्नुभएको हो भने एमालेबाट शान्ता चौधरीले टिकट पाएपछि गंगा चौधरीले हाम्रो नेपाली पार्टीबाट उम्मेदवारी दिनुभएको हो ।

उम्मेदवारी फिर्ता लिने समय आज बुधवार दिउँसो १ बजेसम्म रहेकोमा उहाँहरूमध्ये कसैले पनि फिर्ता नलिएपछि तीन जना सहकर्मीबीच प्रतिस्पर्धा पक्का भएको हो । शान्ता र मेटमणि चौधरी थारु समुदायको आन्दोलनमा पनि सहकार्य गरेका नेता हुन् ।