Breaking

अछाममा एमालेका बागी जिसीको उम्मेदवारी फिर्ता


काठमाडौँ — अछाम—२ (क) मा नेकपा एमालेका बागी उम्मेदवार बनेका नेता बमबहादुर जिसीले उम्मेदवारी फिर्ता लिएका छन् । सो क्षेत्रबाट प्रदेशसभा सदस्यको उम्मेदवार आकांक्षी बिसीले टिकट नपाएपछि स्वतन्त्र उम्मेदवारी दिएका थिए ।

तर स्थानीय कार्यकर्ता र पार्टीको जिल्ला, प्रदेश र केन्द्रको आग्रहमा उम्मेदवारी फिर्ता लिएको बिसीले बताए । अछाम क्षेत्र न।२ (क) प्रदेश सभामा एमालेबाट नेता भीमबहादुर विष्ट उम्मेदवार छन् ।