Breaking

एकै परिवारका तीन जना मृत भेटिए


काठमाडौँ — बारामा एकै परिवारका तीन जना मृत भेटिएका छन् । २५ वर्षीया सुजाता चौधरी, उनकी छोरी ३ वर्षीया ताहिरा चौधरी र १६ महिनाको राजवीर चौधरी मृत भेटिएको जिल्ला प्रहरी कार्यालय बाराका प्रमुख प्रहरी उपरीक्षक होबिन्द्र बोगटीले बताए । एकै परिवारका तीन जना मृत भेटिएका छन्, प्रहरी टोली पुगिसकेको छ ।’ उनले भने ‘म पनि घटना स्थलमा पुग्दैछु ।

प्रहरी उपरीक्षक होबिन्द्र बोगटीका अनुसार प्रसौनी गाउँपालिका–५ प्रष्टोका गाउँ भन्दा २ किलोमिटर उत्तरमा उनीहरुको शव भेटिएको छ । ढोरा खोला किनार तीन जनाको शव फेला परेको जानकारी दिउँसो साढे २ बजेतिर आएपछि प्रहरी टोली घटना स्थलमा पुगेको थियो । घटनाबारे थप अनुसन्धान भइरहको प्रहरी उपरीक्षक बोगटीले बताए ।