Breaking

प्रदिप पौडेललाई नरहरि आचार्यको आर्शिवाद, काठमाडौं ५ को जनताले तिमिलाई न्याय गर्छ


काठमाडौँ — काठमाडौँ क्षेत्र न. ५ को उम्मेदवार बन्न दौडिएका प्रदीप पौडेल आज बुधबार सोहिक्षेत्रका दोस्रो संविधानसभा निर्वाचनमा काठमाडौं–५ बाट संविधानसभा सदस्यमा निर्वाचित नरहरि पौडेलको निवासमा बिहान शुभकामना लिन पुगेका थिए । पौडेललाई उनले जनचाहनाअनुसार स्थानीय, राष्ट्रिय र अन्तर्राष्ट्रिय मुद्दामा सधैं नागरिकको पक्षमा अडिग रहेर अगाडि बढ्न सल्लाह दिएका हुन् ।

नेपाली कांग्रेसका नेता नरहरि आचार्यले सत्ता गठबन्धनबाट काठमाडौं–५ मा प्रतिनिधिसभाका उम्मेदवार प्रदीप पौडेललाई स्थानीय, राष्ट्रिय र अन्तर्राष्ट्रिय मुद्दामा सधैँ नागरिकको पक्षमा रहेर अगाडि बढ्न सल्लाह दिएका छन् । काठमाडौंको गणेशवस्तीस्थित निवासमा बुधबार बिहान शुभकामना लिन पुगेका पौडेललाई उनले जनचाहनाअनुसार स्थानीय, राष्ट्रिय र अन्तर्राष्ट्रिय मुद्दामा सधैं नागरिकको पक्षमा अडिग रहेर अगाडि बढ्न सल्लाह दिएका हुन् । काठमाडौं– ५ का आमनागरिक विवेकशील, निष्ठावान र सचेत छन् ।

परिवर्तनको पक्षमा, सत्यको पक्षमा, विवेकपूर्ण न्यायको पक्षमा समर्पित यो क्षेत्रका बासिन्दाले कार्यभारको नेतृत्व तिमीलाई सुम्पनेमा म विश्वस्त छु,’ पौडेललाई शुभकामना दिँदै नेता आचार्यले भने, ‘जनचाहनाअनुरुप स्थानीय, राष्ट्रिय र अन्तर्राष्ट्रिय मुद्दामा सधैं नागरिकको पक्षमा अडिग रहेर अगाडि बढ्नू । दोस्रो संविधानसभा निर्वाचनमा नेता आचार्य काठमाडौं–५ बाट संविधानसभा सदस्यमा निर्वाचित भएका थिए ।