समाचार

ग्यास बुलेट दुर्घटनामा सहचालकको मृत्यु


काठमाडौँ – पूर्व–पश्चिम राजमार्गअन्तर्गत नवलपरासी (बर्दघाट सुस्तापूर्व) नवलपुरमा ग्यास बुलेट दुर्घटनामा परी एक जनाको ज्यान गएको छ । एक घाइते भएका छन् ।

गएराति विनयी त्रिवेणी गाउँपालिका-२ ज्यामिरेमा भारतबाट ग्यास बोकेर काठमाडौँका लागि छुटेको एनएलओएल–२४६० नम्बरको ग्यास बुलेट अनियन्त्रित भई दुर्घटना भएको हो ।

जिल्ला प्रहरी कार्यालय नवलपुरका सूचना अधिकारी सन्तोष पाठकका अनुसार दुर्घटनामा परी सहचालक भारत उत्तर प्रदेश निवासी १८ वर्षीय जयनारायण पालको मृत्यु भएको हो ।

अनियन्त्रित भएर पल्टिएको ग्यास बुलेटमा च्यापिएर उनको मृत्यु भएको हो । यस्तै चालक ४२ वर्षीय अजयकुमार सिंह घाइते भएका छन् । उनको दुम्किबासमा उपचार भइरहेको छ ।