Breaking

बागी उम्मेदवारी फिर्ता लिन एकीकृत समाजवादीको निर्देशन


काठमाडौँ — नेकपा एकीकृत समाजवादीले बागी उम्मेदवारहरुलाई उम्मेदवारी फिर्ता लिन निर्देशन दिएको छ ।

पार्टीका महासचिव वेदुराम भुसालले आज विज्ञप्ति जारी गर्दै पार्टीको सहमति विपरीत उम्मेदवारी दिएकाहरुलाई आज दिउँसो १ बजेभित्र उम्मेदवारी फिर्ता लिन निर्देशन दिएका हुन् ।

पार्टी निर्देशनको अवज्ञा गरी उम्मेदवारी कायम राखेमा पार्टीले कारबाही गर्ने पनि उनले बताएका छन् ।