Breaking

अमेरिका पुगे अर्थमन्त्री जनार्दन शर्मा


काठमाडौँ – अर्थमन्त्री जनार्दन शर्मा अमेरिका पुगेका छन् । अर्थसचिव कृष्णहरि पुस्करलगायतको ६ सदस्यीय टोलीको नेतृत्व गर्दै मन्त्री शर्मा अमेरिका पुगेका हुन् ।

विश्व बैंक र संयुक्त राष्ट्रसंघ अन्तर्गतको प्रमुख वित्तीय संस्था आईएमएफको संयुक्त गोष्ठीमा भाग लिन उनीहरु अमेरिका पुगेका हुन् । अमेरिकाकाको डल्लास विमानस्थलमा उनीहरुलाई अमेरिकाका लागि नेपाली राजदूत श्रीधर खत्रीले स्वागत गरेका थिए ।

यी दुई संस्थाले आयोजना गर्ने यो वार्षिक गोष्ठी हो । उक्त भ्रमणमा नेपाललाई हुने वित्तीय सहयोगको विषयमा छलफल हुने अर्थ मन्त्रालयले जनाएको छ ।

शर्मा अर्थ मन्त्रालयमा फर्किएपछिको यो दोस्रो विदेश भ्रमण हो । यसअघि पनि उनी दक्षिण कोरिया भ्रमणमा गएका थिए । कोरियामा भएको हरित जलवायु कोषको विश्वव्यापी सम्मेलनमा सहभागी भएर नेपाल फर्किएका थिए ।