Breaking

डेंगीका कारण साउनयता ४४ जनाको मृत्यु


काठमाडौँ — गएको असारयता नेपालमा तीव्र रूपमा फैलिएको डेंगी संक्रमणका कारण देशभर ४४ जनाको मृत्य भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार डेंगीका कारण साउनदेखि असोज २४ गतेसम्म सो संख्यामा मृत्यु पुष्टि भएको हो । ७६ जिल्लामा फैलिएको डेंगीबाट साउनयता ३३ हजार ९७५ जना संक्रमित भएको मन्त्रालयले जनाएको छ ।

यो वर्ष मनसुन लामो समय रहेकाले डेंगी संक्रमण कात्तिक अन्तिमसम्म नै फैलिन सक्ने इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले जनाएको छ ।
डेंगीबाट जोगिन लामखुट्टेको टोकाइबाट बच्न र व्यक्तिगत सुरक्षाका उपाय अपनाउन विज्ञहरूको सुझाव छ ।