समाचार

वीरगञ्जमा करेन्ट लागेर २ जनाको मृत्यु


काठमाडौँ — पर्साको वीरगञ्जमा करेन्ट लागेर दुई जनाको मृत्यु भएको छ ।

करेन्ट लागेर वीरगञ्ज महानगरपालिका-२६ राम किशोरप्रसाद कुर्मीको घरको दोस्रो तल्लामा प्लास्टर गर्ने क्रममा पर्साको धोबिनी गाउँपालिका–३ हरिहरपुरका ३० वर्षीय सैफुल्ला अन्सारीको मृत्यु भएको हो ।

अन्सारीलाई विद्युतको पोलको तारमा अचानक करेन्ट लागि मृत्यु भएको पर्साका प्रहरीले जनाएकोे छ । यसैगरी, वीरगञ्ज महानगरपालिका-८ बसपार्कस्थित शत्रुधन सर्राफको घरको छाना सफा गर्ने क्रम्मा ज्यालादारीमा काम गर्ने पर्सा वीरगञ्ज महानगरपालिका-९ रानिघाट बस्ने ६० वर्षीय ध्रुवप्रसाद साहको मृत्यु भएको छ घाइते उनको आसाराम अस्पतालमा साहको उपचारका क्रममा मृत्यु भएको हो ।