Breaking

सन्दीपका लागि बच्ने बलियो आधार, नाबालिक भनिएकी किशोरीको दुईटा जन्म दर्ता (भिडियोसहित)


काठमाडौँ — नाबालिक बलात्कारको आरोप लागेका क्रिकेटर सन्दीप लामिछाने यति बेला गौशाला प्रहरी वृतको हिरासतमा छन् ।

असोज २० गते त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलबाट पक्राउ परेका उनलाई प्रहरीले गौशालामा राखेको छ । नेपाल आउने विषयमा सामाजिक सञ्जाल मार्फत जानकारी गराएरै आएका उनलाई प्रहरीले विमास्थलमै हत्कडी लगाएर प्रहरी चौकी पुर्याएपछि, पक्राउ कि आत्मसमर्पण भन्ने विषय बहस मै छ ।

सामासिक सञ्जालमा हत्कडीको विषयमा चर्चा चलिरहदा फेरि अर्को घट्ना क्रम विकसित भएको छ । सन्दिप लामिछानेका पक्षबाट वकालत गरिरहका अधिवक्ता सरोजकृष्ण घिमिरेले नाबालिक भनिएकी किशोरीको दुईटा जन्म दर्ता रहेको र अध्यन प्रयोजनका लागि उमेर घटाएर अर्को जन्म दर्ता बनाइएको दाबी गरेपछि घटनाले नयाँ मोड लिएको छ । पीडित भनिएकी किशोरीको उमेर १७ नभएर १९ भएको सन्दिप पक्षका वकिलको दाबी छ ।

यदि सन्दिपका वकिलले दाबी गरे जस्तै पीडित किशोरीको जन्मदर्ता दुई वटा हो र उनको उमेर १९ वर्ष पुगेको हो भने सन्दिपलाई फसाउन रचेको प्रपञ्च हो भन्ने हरुका लागि बल पुग्ने देखिन्छ । यो विषयले सम्मानित अदालतमा प्रवेश पाउन बाँकी नै छ । सन्दीप नेपाल आइपुगेपछि प्रहरीले बल्ल म्याद थप गरी अनुसन्धान प्रक्रिया औपचारिक रुपमा अघि बढाएको छ । ७ दिनका लागि हिरासतमा राख्ने अनुमति पाएको प्रहरीले आफ्नो तर्फबाट अनुसन्धान गर्दै गर्दा सन्दीप पक्षले पनि आफू निर्दाेष रहेको प्रमाण जुटाउन रहरतरह मेहेनत गरिरहेको छ त्यसैको नतिजा हो पीडित भनिएकी किशोरीको दुई ओटा जन्मदर्ताको दावी ।