Breaking

कमल थापालाई टिकट दिनु अनैतिकताको नमूना : भीम रावल


काठमाडौँ – नेकपा एमालेका नेता भीम रावलले पार्टीका मान्छेलाई टिकट नदिएर कमल थापालाई टिकट दिनु अनैतिकताको नमूना भएको टिप्पणी गरेका छन् ।

उनले सामाजिक संजालमा सर्वसम्मत रूपमा एकल सिफारिस हुँदा पनि केन्द्रले अन्ययपूर्ण किसिमले आफूलाई टिकट नदिएको तर अन्य व्यक्तिलाई टिकट दिएको गुनासो गर्दै एमालेमा के हुन लागेको भन्दै व्यंग्य गरेका छन् ।

उनले पार्टीमा अनैतिकताको नमूना देखिन थालेको गुनासो गरे। उनले लेखेका छन्,‘ अनैतिकताको नमूनाः कमल थापा एमालेको सूर्यमा उम्मेदवार हुने तर निजका अरु उम्मेदवार तीर चिन्हमा लड्रने र उपेन्द्र यादवको जसपा सरकारमा रहिरहने तर तालमेल एमालेसँग गर्ने । निर्वाचन आयोगले एक व्यक्ति दुई पार्टीमा रहन नसक्ने भनी प्रष्ट्याउनु पर्ने । यस्तैलाई एमालेले बोक्ने ! के हुन लाग्यो !’