Breaking

उम्मेदवार हुनेको लर्को, दागी र बागीले दलहरुमा तनाव,देशभर कुन निर्वाचन क्षेत्रमा कति उम्मेदवार ?


काठमाडौँ — संसदीयनिर्वाचनआउन अब ४१ दिनमात्रबाँकी छ । आइतवार देशैभर प्रत्यक्षतर्फको राजनीतिकदल र स्वतन्त्रहरुले उत्साहप्रद रुपमाउम्मेदवारी दता गरेका छन् । यससँगै मुलुकनिर्वाचनमय बनेको छ । प्रतिनिधिसभा र प्रदेशसभा सदस्यको निर्वाचनआगामीमंसिर चार गते एकै चरणमा हुँदैछ ।

निर्वाचनआयोगको पूर्व निर्धारित कार्यतालिकाअनुसार असोज २३ गते अर्थात आइतवार आगामी संसदीयनिर्वाचनमाप्रत्यक्षचुनाव लड्ने राजनीतिकदल र स्वतन्त्रहरुले बडो तामझामका साथआफ्नो उम्मेदवारी दर्ज गराएका छन ।

निर्वाचनआयोगको तथ्याङ्क अनुसार प्रतिनिधिसभार प्रदेशसभासदस्यकालागि देशभर ५ हजार ९ सय ६८ जनाको उम्मेदवारी परेको छ । जसमाप्रतिनिधिसभामा २५ सय १३ र प्रदेशसभातर्फ ३४ सय ५५ रहेको छ । जसमाप्रनितिधिसभमा २ सय ३४ र प्रदेशमा २ सय ९७जनामहिलाहरुले उम्मेदवारी दिएका छन ।

शीर्ष राजनीतिकदलहरुले प्रत्यक्षतर्फ महिलाहरुको उम्मेदवारीमाकन्जुसाई गर्दा महिलाहरुको उम्मेदवारी कमजोर देखिएपनि केहि निर्वाचन क्षेत्रमामहिलाउम्मेदवारी उत्साहजनक रहेको छ । काठमाडौ क्षेत्रनम्बर १ मा १०जनामहिलाउम्मेदवार छन । सुनसरी ३ मा७जना,भतmपुरमा २ मा ६ जनामहिलाउम्म्दवार रहेका छन ।

आगामी संसदीयनिर्वाचनमाप्रतिस्पर्धा गर्न शीर्ष राजनीतिकदलकाउम्मेदवार र स्वतन्त्रबीच रोचकप्रतिस्पर्धा हुने अनुमानगरिएको छ । अर्कोतर्फ उम्मेदवार बन्नकै लागिदलअदलबदल गरेका, दलगत र गठबन्धनमा असन्तुष्टहरुले समेत बागीउम्मेदवार दर्ता गराउँदापनिउम्मेदवारी दर्ताको लहर बढेको हो ।

देशभर सबैभन्द्र धेरै उम्मेदवारी काठमाडौ क्षेत्र नम्बर ४ मा परेको छ । कांग्रेस महामन्त्रीगगनथापा, एमाले नेता राजन भट्टराई चुनावी मैदानमाउत्रिएको क्षेत्रमा स्वतन्त्रर राजनीतिकदल सबै गरेर ३३ जनापुरुष र २ महिला गरी ३५ जनाले उम्मेदवारी दिएका छन । काठमाडौको १० वटानिर्वाचन क्षेत्रमा २ सय ६५ जनाले उम्मेदवारी दिएका छन । देशभर सबैभन्दाकमउम्मेदवारी मनाङमातीनजनाले उम्मेदवारी दिएका छन ।

त्यस्तै चर्चामा रहेका पूर्व प्रधामन्त्रीहरुको क्षेत्रमापनिउम्मेदवारहरुको लर्को नै रहेको छ । चितवन छाडेर गोरखा २ पुगेकामाओवादी केन्द्रकाअध्यक्षपुष्पकमलदाहाल प्रचण्डको क्षेत्रमा १३ जनाले उम्मेदवारी दिएका छन । नेकपाएमाले अध्यक्ष के.पीशर्मा ओलीको क्षेत्र झापा ५ मा २७जनाले उम्मेदवारी दर्ता गराएका छन ।

एकिकृत समाजवादीकाअध्यक्षमाधवकुमार नेपालको क्षेत्र नम्बर १ रौतहटमा १६ जनाको उम्मेदवारी परेको छ । प्रधानमन्त्री शेर बहादुर देउवाको क्षेत्र डडेल्धुरामा ११ जनाको उम्मेदवारी परेको छ ।यीमध्ये मनोनयपत्रका र उजुरीउपर जाँचबुझ गरी अन्तिमउम्मेदवारहरुको सूचिभने असोज २६ गते आयोगले सार्वजनिकगर्नेछ ।

आगामी संसदीयनिर्वाचनको चुनावीप्रतिस्पर्धामाउम्मेदवारहरुको उत्साहजनकउपस्थिति रहेको प्रष्ट छ । राजनीतिफोहोरी खेल भन्ने युवाजमात,मुलुकले यो व्यवस्था नै थेग्दैन भन्ने समूह र यहि व्यवस्थाबाट समृद्ध नेपाल सम्भव छ भन्ने सबैखाले उम्मेदवार चुनावी मैदानमाउत्रिएका छन । उम्मेदवारी दर्तासँगै उम्मेदवारहरु छलफल भेटघाटमातल्लिनहुनथालेका छन ।